२०७९ श्रावण २२, आईतवार ०२:०३ बजे

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा टोटेनहमले सहज हात पारेको छ ।

शनिवार भएको खेलमा साउथह्याम्पटनलाई ४-१ गोल अन्तरले हराउँदै टोटेनहमले सिजनको सुखद शुरूवात गरेको हो।



जीत सँगै टोटेनहमले पहिलो खेलमै ३ अंक जोडेको छ । साउथह्याम्पटनले भने हारबाट सिजनको शुरूवात गरेको छ ।

यस्तै लिड्स युनाईटेडले पनि सुखद सुरुआत गरेको छ । लिड्सले उल्भ्सलाई २-१ गोल अन्तरले हराएको छ ।

न्युकासल युनाईटेडले नवप्रवेशी क्लब नटिङघम फरेस्टलाई २-० ले हराएर सुखद शुरूवात गरेको छ ।

त्यस्तै बर्नेमाउथले पनि एस्टन भिल्लालाई २(० ले हराएर सुखद शुरूवता गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय