इजरायल र प्यालेस्टाइनीबीचको तनाव उत्कर्षमा : २४ जनाको मृत्यु, २ सय बढी घाइते



एजेन्सी । इजराइलको हवाई आक्रमणमा परी गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ पुगेको छ ।

मृत्यु हुनेमा ६ जना बालबालिका रहेका छन् भने २ सय ३ जना घाइते भएका छन् । गत शुक्रबार इजराइलले प्यालेस्टाइनी इस्लामिक संगठनविरुद्ध सुरु गरेको सैन्य कारबाहीमा प्यालेस्टाइनी सर्वसाधारण समेतको मृत्यु भएको छ ।



दोस्रो दिन पनि जारी रहेको आक्रमणमा इजरायली सेनाले गाजा शहरमा हवाई आक्रमण तीब्र बनाएको छ । इजरायली बम वर्षक विमानहरुले गाजाका विभिन्न स्थानमा आक्रमण गरेका छन् ।

बम आक्रमणबाट थुप्रै घर तथा सवारी साधनहरु समेत ध्वस्त भएका छन् । गाजामा भईरहेको यो आक्रमण एक हप्तासम्म लम्बिनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज