‘कांग्रेस स्वतन्त्र अभियान’मार्फत गोविन्दराज जोशी तनहुँ १ मा चुनाव लड्ने



काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशीले तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । उनी ‘कांग्रेस स्वतन्त्र अभियान’ मार्फत तनहुँ १ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने भएका हुन् ।

नेपाली कांग्रेसले पाँच वर्षका लागि पार्टी साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गरेपछि जोशी कांग्रेस स्वतन्त्र अभियानमार्फत क्रियाशील रहँदै आएका छन्।



२०७४ सालको चुनावमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको आरोपमा जोशीमाथि अनुशासनको कारबाही कांग्रेसले गरेको थियो । उक्त कारबाही कांग्रेसले फिर्ता लिएको छैन।

जोशीले शनिबार दमौलीमा कांग्रेस स्वतन्त्र अभियानको भेला राखेर मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा आफू क्षेत्र नम्बर १ मा उम्मेदवार हुने जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज