२०७८ श्रावण ५, मंगलवार १४:४१ बजे

 

सप्तरी । सप्तरीको श्री राष्ट्रिय आधारभुत विद्यालय सुरुङ्गा -८ महुलियाका गरिब बिद्यार्थीहरुलाई समाजसेवी देव कुमारी चौधरीले राहत बितरण गरेका छन् ।

बुबा बिधालय ब्यबस्थापन समितिको पुर्ब अध्यक्ष स्वर्गीय श्री चुनचुन चौधरीको सम्झनामा बुहारी देव कुमारी चौधरी एबम स:परिबारले २६ जना गरिब बिद्यार्थीहरुलाई एक बोरा चामल ,दाल,नुनतेल,माक्स बितरण गरेका हुन् ।

प्रधानाध्यापक श्री नरसिंह चौधरी,वडा सदस्य श्री महिकर चौधरी र महिला वडा सदस्य श्रीमती पबनी देवि चौधरी, विद्यालयको वयवस्थापन समिती को अध्यक्ष श्री तिज नारायण दास साथमा लालबहादुर सरदार उपस्थितिमा राहत सामाग्री बितरण गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय