अपडेट 
पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । | मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी बसन्त बहादुर कुवर आउदै |
२०७८ श्रावण ६, बुधबार ०८:४७ बजे

कपिलवस्तु – मुस्लिम समुदायको महान् पर्व बकर इद् ( ईद उल अजहा) को अवसरमा जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेको छ ।

प्रदेश समिति अध्यक्ष अशोककुमार यादव र मुख्य सचिव यज्ञ पोखरेलले एक विज्ञप्ति जारी गर्दै बकर इदको अवसरमा समस्त मुस्लिम समुदायमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

नेपाल वहुधार्मिक, बहुसांस्कृतिक र धर्म निरपेक्ष विशेषतायुक्त राष्ट्र भएकाले राज्यले सबै समुदायलाई समान न्याय गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । मुस्लिम समुदाय अल्पसंख्यक भएकाले उनीहरुका हक अधिकार स्थापित गर्न सरकारले प्राथमिकतामा राख्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

कोरोना महामारी अन्त्य भइनसकेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सामाजिक दूरी कायम गरेर बकर इद मनाउन विज्ञप्तिमार्फत मुस्लिम समुदायमा आग्रह गरिएको जानकारी प्रदेश प्रवक्ता अकरम पठान ज्यू ले दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय