अपडेट 
सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी | मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिनमा | वर्षकै सबभन्दा बढी गर्मी, तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, | एकढिक्का भएर अघि बढ्न आइजिपीको निर्देशन |
२०७८ श्रावण ६, बुधबार ११:५६ बजे

बीरगंज – वीरगंजमा चाँदीका गरगहनासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी जिल्लाको राजविराज उमनपा वडा नं२ मेघरा घर भएका ४३ वर्षीय अंगत साह लाई चाँदीका गहनासहित बुधबार वीरगंजको शंकराचार्य गेटमाबाट प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट अवैधरूपमा चाँदीका गरगहानाहरु ल्याउँदै गरेको विशेष सूचना प्राप्त भई प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका साह हाल जि।चितवन खैरेनी नपा वडा नं २ श्रीया ज्वेलर्सका संचालक भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपि ओम प्रकाशले जानकारी दिए ।

भारतको रक्सौलवाट वीरगंजतर्फ चाँदीका गहना लिएर आउने क्रममा बुधबार बिहान बिरगंज मनपा वडा नं १६ स्थित शंकराचार्य गेटमा शंकास्पदरूपमा पैदल हिंडिरहेका साहलाई रोकी निजको तलासी लिँदा निजले बोकेको Factor X लेखिएको कालो ब्यागभित्र चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहनाहरू ५ केजी ३३४ ग्राम साथबाट फेला परेकोले साहलाई पक्राउ गरिएकोको पर्साका डिएसपि ओम प्रकाश खनालले वताए ।

उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय