अपडेट 
दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण | नेपाल प्रहरीका एसपी नै १२ दिनदेखि थुनामा, यस्तो छ कारण |
२०७९ भाद्र १, बुधबार १२:२७ बजे

धर्मेन्द्र कुमार यादव-महोत्तरी,
बिदेशमा रहेका युवाहरु द्वारा संचालन गरेको जि एस समाज सेवा युवा क्लबद्वारा सुन्दरपुरमा आर्थिक सहयोग गरिएको छ।

महोत्तरीको सोनमा गाउँपालिका वडा न.७ सुन्दरपुरका सरोज यादवको परिवारलाई क्लबले आर्थिक सहयोग गरेको छ। रोजगारीको शिलशिलामा मलेसिया गएका सरोज यादवको विदेशमै दुर्घटना परी मृत्यु भएको थियो । दुर्घटनामा यादवको मस्तिष्कमा गम्भीर चोट लागेको थियो ।

यादवको परिवारलाई राहत स्वरूप जि.एस. समाज सेवा युवा क्लबले बुधबार ८ लाख १४ हजार ७ सय ७१ रुपैया सहयोग गरेको छ ।

जि.एस. समाज सेवा युवा क्लब अन्तर्गत रहेका जिमेल कम्पनि ,सोंग्लिन कम्पनि ,ओरेन्ज कम्पनि र बुलुबेरी कम्पनिमा कार्यरत सबै नेपालीहरुबाट प्रतिव्यक्ति २५ रुपैयाको दरले संकलन गरि मृतक यादवका बुबा सुरेश यादवलाइ सो रकम हस्तान्तरण गरिएको क्लबका उपाध्यक्ष विजय जयसवालले जानकारी दिए ।

रकम हस्तान्तरण कार्यक्रममा क्लबका उपाध्यक्ष जयसवाल लगायत सदस्य बिनेस जयसवाल ,रामजीवन साह , मृतक यादवका बुबा सुरेश यादव ,सोनमा गाउँपालिका वडा न.७ का वडा अध्यक्ष इन्द्रजित यादव,पत्रकारहरुको उपस्थिति रहेको थियो ।

सहयोग गरेबापत मृतक यादवको परिवारले क्लबलाई धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय