
वीरगंज, ०३ भदौ । प्रधानमंत्री कार्यालयको सुरक्षामा कार्यरत रही सिधै वीरगंज भन्सारको ईनर्वा चौकीमा ”एनी हाउ माल कमाउ” निती लिएर आएका वरिष्ठ सई हिमाल भण्डारी पटक -पटक विवादमा आउदा पनी उनलाई कार्यवाही गर्नुको साटो सुन पानी छर्केर चोख्याईएको छ ।
प्रधानमंत्री कार्यालयबाट सिधै जिल्ला प्रहरी कार्यालय पर्सामा काज सरूवा गराई आएका वरिष्ठ प्रहरी नायव निरीक्षक हिमाल भण्डारी पर्सामा हाजिर भएकै दिन उनी जिप्रका पर्साको व्यारकमा एक दिन पनी बसेनन उनले आफनो बोरिया बिस्तर खोलनु परेन सिधै सिमा प्रहरी चौकी ईनर्वाको ईन्चार्जको रवाना लिएर कमाण्ड सम्हाले।
पर्सामै आकर्षक मालपानी आउने चौकीको रूपमा मानिने प्रहरी चौकी ईनर्वामा ईन्चार्ज भएर जानलाई जिल्ला भित्रै कार्यरत अन्य आधादर्जन सईहरू लाईन लागेर बसेका थिए तर भिट्टो पावर लगाएर आएका वरिष्ठ सई हिमाल भण्डारी उनिहरूको सपनामा तुसारा पात लगाईदिए ।
प्रधानमंत्री शेर बहादुर देउबाको स्वकीय सचिव भानु देउवाको पावर लगाएर आएकै कारण पटक -पटक विवादमा आउदा पनी उनलाई कुनै कार्यवाही गरिएको छैन झारा टारे झै उनलाई २ पटक स्पष्टीकरण सोधेर उन्मुक्ती दिईएको छ ।
घटना नम्बर १
वरिष्ठ सई भण्डारी चौकीमा ईन्चार्ज गएको दोस्रो सातामा हुन्डीको रकम पक्राउ गरी छोडेको आरोप लागेको थियो।
ईनर्वा चौकीबाट दैनिक डिउटीमा खटिने प्रहरी टोलीले शंकराचार्य गेट अगाडी बाट सिमावर्ती भारतीय शहर रक्शौल बाट वीरगंज तर्फ आईरहेको वीरगंज मै रहेको एक क्यासिनो को गाडीबाट नेपाली रूपैया ६ लाख बरामद गरेको थियो तर बरामद गरेको उक्त रूपैया कार्यवाही गर्नुको सट्टा केही लेनदेन गरेर छाडिएको प्रहरी चौकी ईनर्वा भित्रै चर्चाको विषय बनेको थियो।
वीरगंजमा रहेको उक्त क्यासिनोमा भारतीय नागरिक धेरै संख्यामा आएर क्यासिनो खेल्ने गरेका छन सोही बाट जम्मा भएको भारतीय रूपैया साटेर नेपाली रूपैया लिएर आउने क्रममा प्रहरी चौकी ईनर्वाको टोलीले पक्राउ गरेको थियो तर वरिष्ठ सई भण्डारीले मोलतोल गरेर कुरो मिलाई दिएको कुरो अहिले पनी प्रहरी चौकी भित्रै चर्चा चल्ने गरेको छ ”तुम भि खुश हम भी ख़ुश”।
घटना नम्बर २
वरिष्ठ सई भण्डारीले कार्यभार सम्हालेको छैटौ सातामा पुनः हुन्डी कै रकम सहित एक जना नेपाली नागरिक पक्राउ परे। यो घटना अलिक रोचक छ ।
सिमावर्ती भारतीय शहर रक्शौल बाट वीरगंज तर्फ आईरहेको एउटा सुपर स्पेलेन्डर मोटरसाइकिल प्रहरीले शंकराचार्य गेट अगाडी रोक्यो चेकजाच गर्ने क्रममा मोटरसाइकिल चालकले शरिरमा लुकाई राखेको ८ लाख ४५ हजार नेपाली रूपैया प्रहरीले बरामद गरेपछी उनलाई थप सोधपुछको लागी प्रहरी चौकी ईनर्वामा लगियो।
डियुटीको क्रममा हुण्डी कारोबारी लाई पक्राउ गरेका प्रहरी हवलदार अमित यादवले हुण्डीको रकम सहित पक्राउ गरेका व्यक्ति लाई कार्यालय प्रमुखको कार्यकक्षमा लगेर पुनः आफनो डियुटीमा खटिए ।
लगभग एक घण्टाको लामो मोलमोलाई पछी ८ लाख ४५ हजार मध्ये ३ लाख लिएर पक्राउ परेका हुण्डी कारोबारीलाई मोटरसाइकिल सहित वरिष्ठ सई भण्डारीले छोडिदिएको प्रहरी स्रोतले जनायो।
यता भने सोही हुण्डी कारोबारीको सुराक पाएर घात लगाएर बसेका जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिने टाईगर टोलीका प्रहरी हवलदार रामकिशोर यादव भने सोही कारोबारीलाई पक्राउ गर्ने क्रममा सशस्त्र प्रहरी बाट कुटिए।
ईनर्वा प्रहरीले आफनो हिसाब किताब फर्छयौट गरेर छाडेको ती हुण्डी कारोबारी पुनः मुख्य भन्सार कार्यालय अगाडी डियुटीमा रहेको सशस्त्र प्रहरीले चेकजाच गरेर छोड़ने बितीकै केही अगाडी टाईगर टोलीका प्रहरी हवलदार रामकिशोर यादवले त्यही हुण्डी कारोबारी लाई पक्राउ गरिहाले तर त्याहा छेउमै रहेको सशस्त्र प्रहरीको डियुटी टोलीले थाहा पाएर तछाड मछाड गर्दै हुण्डी कारोबारी लाई पुनः भारत तर्फ भगाईदियो।
हुण्डी कारोबारी लाई भगाएको भन्दै सशस्त्र प्रहरी संग भनाभन गर्ने क्रममा प्रहरी हवलदार रामकिशोर यादवले सशस्त्र प्रहरी बाट कुटाई खाएको भिडियो समेत भाईरल भएको थियो तर घटना बारे सोधखोज गर्नुको सट्टा तै चुप मै चुप गरेर साम्य पारियो।
उक्त भिडियो भाईरल भएपछि प्रहरीको हेडक्वार्टरले चासो व्यक्त गरेको थियो तर यो घटनामा पनी उनलाई कार्यवाही गर्नुको सट्टा वरिष्ठ सई भण्डारीलाई स्पष्टीकरण सोधेर उन्मुक्ती दिईएको छ ।
घटना नम्बर ३
मुख्य भन्सार नाका आफैमा संवेदनशील क्षेत्र हो र उक्त क्षेत्रको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल लाई दिईएको छ ।
उक्त नाका भएर ओहोर दोहोर गर्ने सर्वसाधारण लाई समेत पांच ठाउमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारीले चेकजाच गरेर मात्र आवत जावत गर्न दिनछन ।
विहान ५ बजे खुल्ने भन्सारको ढाट रातीको १० बजे बन्द हुन्छ तर आवश्यक परेको बेला एम्बुलेंसलाई भने राती को जुन सुकै समय ढाट खोलिने गरेको छ सर्वसाधारण बाहेक।
गएको श्रावण २४ गते अगस्त ८ तारिखको राती ११ बजेर ३५ मिनटमा सिमावरती भारतीय शहर रक्शौल बाट दुईवटा नेपाली नम्बर बाहक कार भन्सारको ढाट अगाडी आएर रूकछ र गाडीमा सवार व्यक्तिहरू आफु नेपाली प्रहरीको कर्मचारी बताउदै भन्सार ढाटमा खटिएका कर्मचारीलाई ढाट खोल्न आग्रह गर्छन तर भन्सार कर्मचारीले भन्सार प्रमुखको आदेश बिना ढाट खोल्न नमिल्ने बताएपछी ती प्रहरी कर्मचारीले नजिकै रहेको प्रहरी चौकी ईनर्वाका ईन्चार्जलाई भन्सार संग समन्वय गरी आग्रह गर्दै ढाट खोलाईदिन आग्रह गरेपछी वरिष्ठ सई भण्डारीले आफना तिनजना प्रहरी पठाई ढाट नखोल्ने ती भन्सार कर्मचारीको रामधुलाई गराउछन अहिले त्यो भिडीयो सामाजिक संजालमा पनी भाईरल बनेको छ ।
उक्त घटनामा भन्सार विभागले संलग्नलाई कार्यवाही गर्न गृहमंत्रालयलाई भनेको थियो तर यहां सानो दर्जाका प्रहरी सिपाही हवलदार लाई कार्यवाही गरेर कुटने निर्देशन दिने ईन्चार्ज वरिष्ठ सई भण्डारीलाई स्पष्टीकरण सोधेर उन्मुक्ती दिईएको छ।
घटना नम्बर ४
मुख्य भन्सार नाका आफैमा संवेदनशील क्षेत्र हो र उक्त क्षेत्रको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल लाई दिईएको छ ।
उक्त नाका भएर ओहोर दोहोर गर्ने सर्वसाधारण लाई समेत पांच ठाउमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारीले चेकजाच गरेर मात्र आवत जावत गर्न दिनछन ।
आम सर्वसाधारणले एक किलो चिनी लिएर आउदा पांच ठाउमा सुरक्षाकर्मीले चेकिंग गरेर मात्र जान दिईएपनी एक साता अगाडी एक युवकको हत्या गरेर दिउसै मोटरसाइकिलमा राखेर नाका पार गर्दा समेत प्रहरीले चाल नपाउनु ठुलो सुरक्षा कमजोरी हो तर यस घटनामा पनी तल्लो तहका प्रहरी कर्मचारी लाई कार्यवाही गरेर ईन्चार्ज लाई जोगाउने काम भएको छ । यसैलाई भनिन्छ ”सानालाई एन ठुलालाई चैन”!
यस घटनामा गृहमंत्रालयले गम्भीर रूपमा लिएर छानवीन गर्न आदेश गरेको छ । नेपाल प्रहरीको मधेश प्रदेश कार्यालयले घटना भएको एरिया युनिट ईन्चार्ज सहित त्यहा कार्यरत सबै प्रहरी कर्मचारीलाई तानेर कार्यवाही गर्न पत्रनै पठाएको छ तर वरिष्ठ सई भण्डारीको शक्तिको अगाडी नत्मस्तक झै निरिह देखिएको छ प्रहरी आला कमाण्ड ।
ईन्चार्ज गएको दुई महिना मै काण्डै काण्डमा मुछिएर विवादित बनेका उनलाई जिल्ला तानेर कार्यवाही गर्नुको सट्टा पुनः स्पष्टीकरण सोधेर उन्मुक्ती दिईएको छ।
यस्तो गम्भीर प्रकृतिको घटनामा कार्यवाही गरेर विधिको शासन स्थापित गर्नुको सट्टा शक्तिको आडमा बसेका प्रहरीलाई जोगाएर कानुनको खिल्ली उडाउने काम भएको छ ।