अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७९ भाद्र ४, शनिबार १७:१२ बजे

रौतहट । विभिन्न ठाउँमा प्रतिबन्ध गरिएको भोजपुरी अश्लिल गीतको ओरकेष्ट्रामा सुरक्षा निकायकै प्रहरीले लौण्डासँग पटका–पटकी डान्स गरेको भिडियो भाईरल बनेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट मातहतको गढीमाई नगरपालिका वडा नम्बर ७ धर्मपुर चौकी ईन्चार्ज प्रहरी बरिष्ठ सई राजकिशोर साहले लवण्डा नाचमा नेपाल प्रहरीको पोशाक लगाएर खुल्लेआम पटका पटकी नृत्य गरेको भिडियो भाईरल बनेको छ ।

अश्लील भोजपुरी गीतमा मनोरञ्जन गरेको बिषय अहिले चर्चा यस्तो मर्यादित प्रहरी विभागको खिल्ली उडाएको छ ।

बरिष्ठ सई साहले लौण्डा नाचमा नेपाल प्रहरीको मर्यादित बर्दि लगाएरै डान्स गरेपछि उनको अनुशासनहिनताको पराकाष्ठा नाघेको टिकाटिप्पणी गरेको छ ।

कृष्णाष्टमी मेलाको अवसरमा आयोजना गरिएको लौण्डा डान्समा सुरक्षाको लागि खटाइएको ईन्चार्ज साहले आफैँ स्टेजमा चढेर अभद्र प्रकारको डान्स गरेको भिडियो भाईरल बनेको छ ।

उनको भिडियो समाजिक सँजालमा भाईरल बनेपछि उनलाई कारवाही गरिने बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाराले उनलाई कारवाहीको लागि प्रक्रिया थाल्ने बताएको छ ।

यता, यस सन्दर्भमा सई साहसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेनन् । -न्यूज ब्यूरो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय