अपडेट 
आफ्नै काकीलाई लिएर भतिजो फरार, काका बेहाल ! | बाराका डिएसपी न्यौपानेको कार्वाही स्वरुप काज सरुवा | तस्करीका ‘बादशाह’ किशोर र मुना जैसवालको धनुषाबाट तस्करी ! | भ्रष्टाचारको आरोप : छिपहरमाईका अध्यक्ष गुप्ताको विकास बजेटमा अख्तियारको चासो, फर्जी काम गरि भुक्तानी गरिएको ठेक्कामाथि गहन छानविन | महालक्ष्मी बिकास बैंक वीरगंजमा कारोबार गर्दै हुनुहुन्छ भने सावधान ! तपाईकै पैसा नपाउन पनि सक्छ... | इन्स्पेक्टरको संरक्षणमा प्रसौनीभाठ्ठाबाट खुलेआम तस्करी | एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, शपथग्रहण सोमबार | लोसपाबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई | सीमलताल दुर्घटना : नारायणीमा मृत भेटिएका साह गणपति डिलक्सको यात्रु भएको पुष्टि | बेहुली भित्र्याएको भोलिपल्टै बेहुलाको मृत्यु |
२०७९ भाद्र ६, सोमबार १४:५३ बजे

बिरगन्ज एक्सप्रेस डेस्क, नेपालमा रहेका नागरिकलाइ अनागरिक बनाइएको बिरोधमा नागरिकता पिडितको लागि मैथिली गित बजारमा आउदै छ।

साहित्यकार धर्मेन्द्र कुमार यादवको शब्द रचना र आवाजमा आइरहेको गितमा नागरिकता पिडितबारे आवाज उठाइएको छ। गितमा नेपालमा जन्म भएका मानिसहरुलाइ नागरिक सरह व्यवहार नभएको जनाइएको छ। मानिसलाइ आफ्नो इच्छा अनुसार बैंकमा खाता खोल्ने अधिकार छ तर नागरिकता नभएको कारन खाता खोल्न नसकेको कुरा दर्शाइएको छ। सगै खेलेकुदेका साथिहरु नोकरीमा लगेको छ तर नागरिक्ता नभएको कारन धेरै जना घरमै बसेर जीवन कष्टकर जीवन बिताइरहेको कुरा गितमा उल्लेख गरिएको छ।

  “केकरा खातिर परहु भैया, अपने ही देशमे हम अनागरिक बनल छी, छी हम यही देशके बेटा तैयो अनागरिक बनल छी” बोलको गितमा आफू भोटमा मत खसाल्न समेत बंचित गरिको तर भोटमा सहयोग गर्ने राजनिती कर्मी पनी नागरिक्ता बारे अवाज नउठाउनु दुर्भाग्य रहेको गितमा समाबेस गरिएको छ।

कुनै पनी देशमा जन्म भएपछी मानिसलाइ आफ्नो बुवा र आमाको नाम चिनाउन नागरिक्ता चाहिन्छ तर एउटै देशमा बसेर धेरै संख्यामा नागरिक्ता बिहिन नेपालीहरुको अवाज यश गितमा उठाइएको कुरा साहित्यकार यादवले सन्चारकर्मीहरु लाई बताएका छ्न। यादव नागरिक्ता पिडितहरुको लागी सधै अवाज उठाउदै आइरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय