
काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान विभेद अन्त्य बिभाग प्रमुख तथा उन्नत लोकतन्त्र पार्टीका केन्द्रिय सदस्य इन्द्र कालिकोटेले सरकार फेरिनुलाई नौलो उपलब्धि नठान्न आग्रह गरेका छन् । उनले सरकार फेरिनु भनेको एउटा सर्पले खाइरहेको आहारा अर्को सर्पले खानु सरह रहेको भन्दै अहिलेको ब्यबस्था परिवर्तन नभएसम्म यि देशका भाइरस नेताहरुले मुलुक लुटेर खाइरहने उल्लेख गरे। अहिलेका सम्सदले केहि काम, उपलब्धि गर्न नसकेको भन्दै न्यायलय प्रतिको बिश्वास अझै रहेछ है भन्ने प्रमाण सर्बोच्च अदालतले देखाइदिएको समेत बताए।एम सिसि पास हुन नदिने आफ्नो पार्टीको मुख्य उद्देश्य रहेको भन्दै एनसेल सङ्ग कर उठाउन नसक्ने सरकारले एम सिसि पास गरेर डलर भित्र्याउने सपना देख्नु आकासको फल आँखा तरि मर सरह हुने बताए। एम सिसि पास नै भए पनि २ लाख भन्दा बढि बिकास खर्च नगर्ने र बाँकि रकम नेताहरुले लुट्ने ठोकुवा गरे।जात ब्यबस्था हटाउनुपर्ने धारणा राख्दै उनले कामको बैज्ञानिक नामाकरण नगर्दा कामी,दमाई ,सार्की जस्ता जात बन्न पुगेको बताए। जात ब्यबस्था हटाउने लगायत साम्सद्लाई मन्त्री बनाउन नहुने,प्रत्येक नागरिकको सरकारले रोजगारको ब्यबस्था गर्नुपर्ने जस्ता उद्देश्य आफ्नो पार्टीको रहेको बताए।