ईद मिलन तथा कोभिड वरियर फ्रन्ट लाईन लाई सम्मान



 

वीरगञ्ज, १० साउन – ईद मिलन तथा कोभिड वरियर फ्रन्ट लाईन लाई गण्डक होस्पिटल वीरगञ्जले एक कार्यक्रमका बीच सम्मान गरेको छ।

विश्व भरि फैलिएका महामारीको रुपमा कोभिड १९ कोरोना भाईरस बिरामीहरुलाई अस्पतालका मेडिकल  कर्मचारीहरुले अस्पताल लाई सहयोग गरेकोमा अस्पताल प्रसासनले सम्मान गरेको  छ ।

सो कार्यक्रम अस्पताल प्रसासन प्रमुख मुज्तावा अंसारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ फिजिसियन डाक्टर राकेश तिवारी रहनुभएका थिए।

होस्पिटलमा कार्यरत कर्मचारीहरुको सहयोगले जिल्लामा एउटा छुट्टै पहिचान बनाउन सफल भएको होस्पिटलमा कार्यरत शाैकत अलि, शद्दाम हुसेनले बताए।

यो कार्यक्रमले होस्पिटलमा कार्यरत कर्मचारीहरुको मनोबल बढाएको छ र काम गर्ने वातावरण बनाएको होस्पिटलमा कार्यरत राजु पटेलले बताए।

सो कार्यक्रममा प्रमुख अतिथि तिवारी कोभिड वरियर तथा फ्रन्ट लाईनमा काम गरेका कर्मचारीहरु लाई सम्मान गर्नु एकदमै सराहनिय काम भएको बताउँदै यो कार्यक्रमले काम गर्ने उर्जा बढाउने भन्दै प्रशंसा पत्र प्रदान गरेका थिए।

ईद मिलन तथा सम्मान कार्यक्रममा डा. गयानेन्द्र कुमार मनोज,डा.संजय गुप्ता,डा. नेहा नायक,डा. प्रहालाद अधिकारी,डा. स्वेता साह, महमद हसन अंसारी,धिरज गुप्ता, कोपिला साह,इमामोदिन अंसारी,अनवर अंसारी लगायतका सहभागीता रहेको अस्पताल व्यवस्थापक इजराइल अंसारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Avatar

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज