२०७८ श्रावण १०, आईतवार १४:४३ बजे

वीरगञ्ज, १० साउन । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल पर्साले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

मञ्चका पर्सा अध्यक्ष अर्जुन नेपालको नेतृत्वमा गएको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेमार्फत प्रधानमन्त्रीको कार्यालय एवं भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय सिंहदरवारमा ज्ञापन पत्र बुझाएको हो ।

मञ्चका पर्सा अध्यक्ष नेपालद्वारा हस्ताक्षरित ज्ञापन पत्र मार्फत देउवा नेतृत्वको सरकारले भुमि समस्या समाधान आयोग खारेज गर्न लागेकोमा दुःख व्यक्त गरिएको छ ।

भुमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोवासको समस्या समाधान गर्न पर्साको १४ वटै स्थानिय तहमा सम्झौता भईसकेको र ठोरी र पटेर्वा सुगौली गाँउपालिकाले लागत संकलन कार्य सकिएको र नाप नक्साको कार्य भईसकेको अवस्थामा जग्गा बितरण कार्यको सुनिश्चिता नगरी आयोग बिघटन गर्नु उचित नहुने मञ्चको ठहर छ ।

हाल भईरहेको कामलाई असर पार्ने गरी कुनै पनि निर्णय नलिन ज्ञापन पत्र मार्फत आग्रह गरिएको छ । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी घिमिरेले आयोग बिघटन नभएको जानकारी गराउदै ज्ञापन पत्र सम्बन्धित निकायमा पठाउने बताए । सो अवसरमा मञ्चका सचिव संजय पहरी, प्रदेश कोषाध्यक्ष सिता लामा, जिल्ला सदस्य ईन्द्रदेवी माझी, हरी महतो धांगड, रामायण चौधरी, गणेश माझी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय