रेशम चौधरीको निस्वार्थ रिहाइको लागि  राजधानीको शान्ति बाटिकामा बिरोध तथा धर्ना



काठमाडौं । रेशम चौधरीको निस्वर्थ रिहाइको माग राख्दै आएका थरुहट थारुवान राष्ट्रिय मोर्चाले आज राजधानीको शान्ति बाटिकामा बिरोध तथा धर्ना कार्यक्रम गरेको छ। जसपा बिबाद समाधानको लागि निर्बाचन आयोगले आज रेशम चौधरीलाई समेत निर्वाचन आयोगमा उपस्थिति गराएको थियो।

संसदमा रेशम चौधरीको मतको कुनै मतलब नहुने जनताबाट निर्वाचित माननियलाई हतकडी लगाएर जेल नेलमा राख्ने, एउटा पार्टी फुटको मतमतान्तरको लागि चाहि रेशम चौधरीको मत अभिमतको आवश्यकता पर्ने ? निर्वाचन आयोग पनि एउटा संबैधानिक अंग हो ।एउटा संबैधानिक निकायमा चल्ने अर्कोमा नचल्ने राज्यको यो कस्तो द्वैध चरीत्र हो भन्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाका सहसंयोजक श्रवन थारुले रेशम चौधरीलाई तटस्थ बस्न भनिएको छ।

उपेनद्र यादबले माननीय रेशम चौधरीलाई आफ्नो पक्षमा मत नदिए सांसद पद नरहने भनेर दिएको धम्की प्रती पनि मोर्चाको ध्यानाकर्षण भएको पनि सह संयोजक थारुले बताएको छ। छ।साथै एउटा साँसदको जिम्मेवारि जनताले दिएको मतको कदर गर्नु देखि लिएर पार्टी निर्माणमा एक ढिक्का बनाउनु पनि हो न कि पार्टी फुटाउने खेलमा लाग्नु हो भन्दै मोर्चाले यस्तो किसिमको धम्की थरुहट बाट प्राप्त मतको बेईज्जतीको संज्ञा दिदै यसको जवाफ निकट भविस्यमा नै पाउने मोर्चाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Avatar

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज