२०७९ भाद्र २६, आईतवार ०९:४५ बजे

डिके यादव – बीरगंज,२६ भदौ । चाड पर्व नजिकिए संगै बाराका एक जना पत्रकारले बारा पर्साका व्यापारीहरुलाई पैसा माग्दै आतंक मच्चाएको खबर प्राप्त भएको छ ।

पत्रकारको खोल ओढि सिमानाकामा तस्करी गराउने र प्रहरीको दलाली तथा बिचौलियाको काम गर्ने ति धोङी पत्रकारले आफू शसस्त्र प्रहरीको डिआइजी गणेश ठाडा मगरको घुमुवा बताउँदै असुली धन्दा गरिरहेको खुलेको छ । ‘डिआइजीको घुमुवा हुँ’ भन्दै व्यापारीसँग र सिमानाका बिओपी इन्चार्जहरु संग आफू डिआइजीको मान्छे हु कुरो लगाइ दिने धाकधम्की देखाइ रकम उठाउने गरेको नाम नखोल्ने सर्तमा एक जना बिओपी इन्चार्जले जानकरी दिए।

सामाचार स्राेतका अनुसार बारा, पर्सामा कसैलाई पनि तस्करीकाे लाइन खुलाउनु छ भने उनलाई नै सम्पर्क गर्नु पर्ने हुन्छ । सशस्त्र प्रहरीलाई उनले भने पछि मात्र लाइन खुल्ने गरेकाे छ । नत्र उनले डिआइजी मगरसंग कुरा लगाइदिने गरेका छन् ।

पत्रकारहरुलाई देशको चौथो अंगको रुपमा हेर्ने गरिन्छ । एउटा पत्रकार जसले सत्य सूचना र जनताका समस्याको सही उठान गर्नुपर्ने हो, तर मधेश प्रदेशका केही पत्रकारहरुले गर्दा पत्रकारिता पेशा नै बदनाम हुने गरेको छ । ति मध्येका बाराका एक व्यक्तिले दुई चार अक्षर पढेर कतै जागीर नपाएर पत्रकारिताकाे नाममा दलाली र प्रहरीको समेत नामको दुरुपयोग गर्दै बार्गेनिङ गर्ने, रकम उठाउने जस्ता कार्यले सिङ्गो पत्रकारीता कै बदनाम गराएका छन्।

आफुलाई पत्रकार बताउँदै आएका उमेश दुबे नामका व्यक्तिले सशस्त्र प्रहरीकाे सुराकीकाे काम गर्नुकाे साथै आफै तस्कारी गराउने गरेका छन् ।  सशस्त्र प्रहरी मधेश प्रदेशका डिआइजी गणेश ठाडा मगर आफ्नाे मान्छे रहेकाे ढिंडाेरा पिटदै उनले बारा, पर्सामा आतंक नै मच्चाएकाे बताइन्छ ।

बारा जिल्लाका नामुद तस्करहरु भोला मियाँ, मनहर, सन्तोष साह, खेना, बिजय ,  रामअयोध्या ,सन्तोष गुप्ता, सुरेन्द्र जैसवाल, जयप्रकाश महतो, मनोज यादव छोटेलाल पटेल  मुरारी महतो, खेना यादव, बिन्दा ,सकिल ,चन्दन ,पन्डित ,प्रेम , सुनेश ,बिरेन्द्र ,पवन ,अनवर, सन्तोष मुखिया , बूज साह लगायतका तस्करहरुसंग बारा जिल्ला जोतपुर गमहरिया घर भई हाल वीरगञ्जको प्रतिमा चौक नजिकै आलिशान घर बनाएका आफुलाई पत्रकार बताउने ति व्यक्तिले डिआइजी मगरकाे सुराकीकाे काम गर्ने गरेका छन् ।
कतिपयैले उनलाई सशस्त्र प्रहरीकाे अघाेषित घुमुवा पनि भन्ने गरेका छन् ।

शसस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति राजेन्द्र थापा निर दुईटै हाँथ जोडेर नामुद तस्कर मियाको लागी ति दलाल पत्रकारले तस्करीको लाईन सुचारु गराएको उनका निकट एक व्यक्तीले बताए ।

राजस्व बृद्धी गर्ने र सिमा सुरक्षाको जिम्मेवारी लिएको शसस्त्र प्रहरी एवम मधेशी चतुर बाहुन दलाल पत्रकारले बारा जिल्लाको कल्यानपुर, छतवा मुसहर्वा नाकाबाट रातीको बखतमा मोटरसाईकलबाट भारतीय मंहगा कपडा, कुर्ता सुरुवाल, शटिंग, मोटर पार्टस, पानी तान्ने मोटर, हार्डवेयर, इलेक्ट्रोनिक,  सूर्तीजन्य पदार्थ,चिनी, लगायत भन्सार छली बाराको पुरैनिया सम्म ल्याउने गरेका छन ।

पुरैनियाबाट पिकअपको माध्यमबाट नेपालको विभिन्न जिल्लामा सहज तरिकाले जाने गरेको एक तस्करले नाम नछाप्ने सर्तमा बताएका छन् ।

आफुलाई पत्रकार भनेर चिनाउने उमेश दुबेले शसस्त्र प्रहरीको संगठन प्रमुखसंग राम्रो सम्बन्ध रहेको तस्करहरुलाई रवाफ दिदै हिडेको पाइन्छ । कहिले डिआइजीको घुमुवा त कहिले पत्रकारको नामबाट उनले बारा पर्साका विभिन्न सिमानाकामा खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा विभिन्न समान भित्राउने व्यापारीहरुसँग रकम असुली गरिरहेको गुनासोहरू प्राप्त भएका छन् । त्यतिमात्रै होइन उनले जिल्लाका व्यापारी, क्रसर उद्योगी, नेताहरुलाई समेत पैसा माग्ने गरेको गुनासो छ।
उनले सबैलाई पैसा मागेर हैरान गर्ने गरेको स्थानीय व्यापारीहरुले बताए ।

उनले बाराका नामुद कपडा तस्कर भोला मियाको कारोबारमा सेयर हालेर पत्रकारिताको आडमा तस्करी गर्ने गरेको  नाम गोप्य राख्ने सर्तमा एक जना ब्यापारीले जानकारी दिए । केही दिन पहिला बाराको कल्यानपुर सिमानाकामा एउटा घटना उजागर भएको थियो । सशस्त्रका सइले भोला मिया नामका कपडा तस्करलाई लाइन नदिए पछि पत्रकार दुबेले डिआइजी संग सेटिङ गरि तस्करी भइरहेको हल्ला बवाल गरेर माथिल्लो हाकिमको नजरमा बदनाम गर्ने हिसाबले आफ्नै २-३ पोका कपडा फाल्न लगाएर भिडियो बनाइ समाजिक संजालमा हालेर दबाब बनाइ सई लाई फिर्ता तान्न लगाएको कुरा पनि चर्चाको बिषय बनेको थियो र उक्त सइ गए देखि नै उनीहरुको तस्करी भइरहेको स्रोतले जनाएको छ ।

तस्करहरुबाट दाल, चामल, नुन, तेल लगाएत घरेलु प्रयोजनमा हुने खाद्यान्य समाग्रीहरु दैनिक खरिद गर्न लगाउने गरेको एक तस्करको भनाई रहेको छ । पटक पटक प्रहरी हिरासतमा रहेका पत्रकार तत्कालीन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गंगा पन्तको कार्यकालमा एसपीकै नाममा भारतिय तस्करसंग रकम असुली गरेको प्रमाण भेटिएपछि उनलाई पक्राउ गरि हिरासतमा राखेर मुद्धा समेत चलाइएको थियो ।

तस्कर संगको साठगाठको कारण पक्राउ गरेपनि ति दलाल पत्रकारको आफनै चाचा ससुरो वडाध्यक्षको दबावकाे कारण अभद्र व्यवहारमा मुद्धामा डाईभर्ट गरि चलाइएको थियो ।

त्यसकाे केही समयपछि पुन: एक पत्रकारलाई समाजिक संजालमा अपशब्द लेखेपछि प्रहरीलाई मुद्दा नै चलाउनु परेकाे थियाे । साे मुद्दाका कारण दुई महिना जति उनी फरार रहेपनि पछि पर्सा पत्रकारितामा गुटकाे फाइदा उठाउँदै उनी उनमुक्ति पाउन सफल भएका थिए ।

साे समयमा उनीमाथी पत्रकार महासंघ पर्सा शाखाकाे पहलमा नै मुद्दा दर्ता भएकाे थियाे । तर पत्रकार महासंघकाे प्रतिपक्षमा रहेका एक प्रत्रकारका कारण नै उनलाई दुई महिनापछि उनमुक्ति भएकाे थियाे ।

पत्रकार अचारसंहिताकाे ख्याल नगरी कसैकाे बारेमा केही लेखिदिने र आफ्ना सहयाेगी एक जना मार्फत समाजिक संजालमा सेयर गराएर प्रतिष्ठित व्यक्तिहरुलाई समेत उनले बदनाम गर्ने गरेका कारण पत्रकार, प्रहरी लगायतका विभिन्न पेसाका व्यक्ति उनीबाट हैरान रहेका छन् । उनकाे कारण सशस्त्र प्रहरीका डिआइजी मगर समेत बदनाम हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय