अपडेट 
प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, यस्ता छन् नयाँ अनुहार | कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा | बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड | तनहुँ १ र बारा २ को उपनिर्वाचनका लागि २६ दल दर्ता | जसपाले अशोक राईलाई दियो शिक्षा र वन दुवै मन्त्रालयको जिम्मेवारी | कांग्रेसबाट सरकारमा जाने चार मन्त्रीको नाम फाइनल, अर्थमा महत | विराटनगर महानगरद्धारा क्रिकेटर ललित र दिपेश सम्मानित |
२०७९ आश्विन ६, बिहीबार ०३:४८ बजे

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीन लाख सेना परिचालन गर्ने घोषणा गरेपछि रुपमा प्रदर्शन भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा थप तीन लाख सेना खटाउने घोषणा गरेलगत्तै रुसमा विरोध प्रदर्शन गरिएको थियो ।

सो क्रममा सुरक्षाकर्मीले एक हजारभन्दा बढीलाई नियन्त्रणमा लिएको रुसी मानवअधिकारवादी संस्था ओभिडी–इन्फोले जनाएको छ ।



जगेडा सैनिक परिचालनको आदेशपछि स्वदेशी तथा विदेशी नागरिकले रुस छोड्न थालेका छन् । रुसबाट बाहिरिने धेरैजसो उडान पूर्ण रूपमा बुकिङ भएका एअरलाइन्स र ट्राभल एजेन्टले जनाएका छन् ।



एभियासेल्स वेबसाइटका अनुसार पूर्व सोभियत देश अर्मेनिया, जर्जिया, अजरबैजान र कजाखस्तानका सहरहरूमा हुने सिधा उडानको टिकट पूरै बिक्री भएका छन् ।

टर्किस एअरलाइन्सले आफ्नो वेबसाइटमा रूस जाने र आउने उडानहरूका लागि महत्त्वपूर्ण गन्तव्य रहेको इस्तानबुल विमानस्थलका लागि शनिवारसम्मका सबै टिकट बुक भएका जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय