
काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन्।
बिहीबार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् ।
बारा, पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउनसमेत ओली तयार भएको स्रोतले बताएको छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै पूर्वराष्ट्रसेवक कर्मचारीहरु समेत पार्टी प्रवेश गरिरहेको एमालेले जनाएको छ।