
काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले आफु नेपाल प्रहरीको संगठनमा विभिन्न पद हुदै प्रमुख समेत भएर काम गर्दा केपी ओलीजस्तो प्रधानमन्त्री कोही नपाएको बताएका छन् ।
बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्दै खनालले यस्तो बताएका हुन् । इन्सपेक्टर हुँदैदेखि केपी ओलीका राष्ट्रवादी कदम र अडानबाट आफू प्रभावित भएको उनले बताए ।
‘मैले सातवटा प्रधानमन्त्री भोगे तर उहाँजस्तो राष्ट्रवादी र सत्यको पक्षमा लाग्ने प्रधानमन्त्री पाइनँ’, खनालले ओलीलाई देखाउँदै भने, ‘सिके राउत र विप्लव समूहलाई पनि शान्तिपुर्ण ढंगले मुल राजनीतिक धारमा ल्याउनुभयो ।’
खनालले प्रहरी संगठनमा आफू विभिन्न पदमा रहेका बेलामा अन्यायमा पर्दा ओलीलाई आफ्नो समस्या सुनाएपछि समाधान भएको पनि बताए ।
बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनाललाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए ।