अपडेट 
रास्वपाबाट तनहुँमा स्वर्णिमसहित तीनजना, चितवनमा रवि लामिछाने | रवि लामिछाने भन्छन् – म काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन | विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि | मन्त्रालय बाँडफाँडमा गठबन्धनभित्रै विवाद, अब शुक्रबार मन्त्रिपरिषद् विस्तार | जनगणनाबारे भ्रम नफैलाउन तथ्यांक कार्यालयको अनुरोध | जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश | ब्वाइफ्रेन्डसँग कुरा गर्न नदिएको झोकमा किशोरीद्वारा बाआमाको हत्या | यस्ता छन् सरकारका न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ] | सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु | कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, कुन मन्त्रालयमा को ? |
२०७९ आश्विन ६, बिहीबार ०७:३३ बजे

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम गलत नभएको बताएका छन् ।  बिहीबार केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले सत्ता गठबन्धनले नागरिकताको विषयलाई एमालेविरुद्ध प्रहार गर्न खोजेको बताए। पोखरेलले सत्ता गठबन्धनले गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई संसद बाहिरबाट उपेक्षा गर्दा अहिलेको समस्या आएको जिकीर गरेका छन्।



राष्ट्रपति भण्डारीले नागरिकता जस्तो संवेदनशील विषयमा पठाएका सुझावमाथि छलफल गर्नुको साटो संसदबाहिरबाट चुनौती दिन खोजेको आरोपसमेत महासचिव पोखरेलले गठबन्धनमाथि लगाए ।



पोखरेलले अध्यादेशमार्फत जन्मसिद्धका सन्तानको हक स्थापित गर्न खोज्दा अहिलेको सत्ता गठबन्धनले अदालतबाट रोकेको आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय