२०७९ आश्विन ६, बिहीबार १५:३९ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिइएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समितिलाई पूर्णता दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

समितिमा पूर्वअध्यक्षत्रय लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीसहित कार्यसम्पादन समितिका सदस्यहरु, पदाधिकारीहरु, सातवटै प्रदेशका अध्यक्षहरू, केन्द्रीय सदस्यहरु, विभागीय प्रमुखहरु र भातृ संगठनका प्रमुखहरु सदस्य रहेका छन् ।



यस्तै समितिको सदस्य सचिवमा महामन्त्री राजेन्द्र गुरुङ रहेका छन् । यसैगरी प्रदेश अध्यक्षको संयोजकत्वमा प्रदेश निर्वाचन परिचालन समिति र जिल्ला अध्यक्षको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएको श्रेष्ठले जानकारी दिए ।



यसैगरी कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा निर्वाचन आर्थिक समिति र प्रवक्ता मोहन श्रेष्ठको संयोजकत्वमा केन्द्रीय निर्वाचन प्रचार समिति गठन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय