अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७९ आश्विन ७, शुक्रबार ०२:२६ बजे

काठमाडौं । नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप हुने गरेको आरोप जबर्जस्त छ । हरेक बढुवामा मुद्दा नपरेको बिरलै हुन्छ । यस्तै सरुवामा त उच्चतम राजनीतिक चलखेल हुने गरेको तथ्य ‘ओपन सेक्रेट’ नै छ ।

प्रहरी संगठनभित्र राजनीतिक दलहरूले राजनीति भित्र्याएको आरोप लाग्दै आएको छ । तर प्रहरीभित्र दलभन्दा बढी राजनीति भने प्रहरी अधिकारीले नै गर्छन् । दलका नेताहरूको विश्वासपात्र बनेर दलीय स्वार्थमा संगठनलाई प्रयोग गरी त्यसबाट लाभ लिने काम प्रहरी अधिकारीबाटै हुन्छ ।



यही कुराको एउटा प्रमाण पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले दिएका छन् । प्रहरी संगठनमा हुँदा पनि अनौपचारिक रूपमा उनी नेकपा एमालेमै रहेको कुुरा लुकेको थिएन । तर बिहीबार औपचारिक रूपमै उनी एमाले प्रवेश गरे ।



अवकाश प्राप्त प्रहरी अधिकारी राजनीतिक दलमा प्रवेश गर्न पाउँछन् । उनले पनि त्यसै गरे। तर दलमा प्रवेश गर्दैगर्दा उनले जुन अभिव्यक्ति दिए, त्यसले प्रहरीभित्रको राजनीति छताछुल्ल पारेको छ ।

एमाले प्रवेश कार्यक्रममा खनालले प्रहरी संगठनमा रहँदा पनि आफूले अध्यक्ष केपी शर्मा ओलीका लागि काम गरेको अभिव्यक्ति दिए । आधा घन्टा बढी भाषण गरेका उनले ओलीकै गुनगान गाए । नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय