अपडेट 
शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ | दुई डिआईजीको सरुवा : लुम्बिनीमा जोशी बागमतीमा राणा | ओलम्पिक छनोटमा भियतनामसँग खेल्ने महिला टिम घोषणा | संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने माओवादी कर्णाली संसदीय दलको निर्णय | प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, यस्ता छन् नयाँ अनुहार | कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा | बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड |
२०७९ आश्विन ७, शुक्रबार ०६:०८ बजे

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलान्चोकमा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको भूमि पूजन गरिएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र गृहमन्त्री बालकृष्ण खाँणले आज काभ्रेपलान्चोकमा प्रतिष्ठान निर्माणका लागि संयुक्त रुपमा भूमि पूजन गरेका हुन् ।



उक्त परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा नेपालका तत्कालीन प्रधानमन्त्री स्व.सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए ।



भारत सरकारको एक हजार करोड अनुदानमा निर्माण हुने यो परियोजना भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएका ठुला परियोजनाहरु मध्येकै एक हो ।

परियोजनाको कुल क्षेत्रफल करिब ८४ एकड रहकोमा क्याम्पस भवनको निर्माण १.१० लाख वर्ग मिटरको क्षेत्रफल हुनेछ । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रणबाट प्रतिष्ठानका भवनहरुको निर्माण गरिने जनाइएको छ ।

कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यान्वयन टोलीले सबैको साथ र सहयोगमा निर्धारित समय भित्रै निर्माण कार्य सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।

उनले भारत र नेपालबीचको घनिष्ठ सम्बन्धको अर्को महत्त्वपूर्ण कोशेढुङ्गाको रुपमा रहेको यस प्रतिष्ठित परियोजनाको सफल कार्यान्वयनका लागि भारत सरकारको पूर्ण सहयोग रहने बताएका छन् ।

विकास साझेदारी अन्तर्गत भइरहेको निरन्तर सहयोगका लागि गृहमन्त्री खाँणले भारत सरकारलाई धन्यवाद समेत व्यक्त गरेका छन् । सम्झौता अनुसार भारतीय आर्थिक सहयोगमा काभ्रेको पनौतीमा अत्याधुनिक उपकरणजडित नेपाल प्रहरी प्रतिष्ठान निर्माण गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय