अपडेट 
शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ | दुई डिआईजीको सरुवा : लुम्बिनीमा जोशी बागमतीमा राणा | ओलम्पिक छनोटमा भियतनामसँग खेल्ने महिला टिम घोषणा | संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने माओवादी कर्णाली संसदीय दलको निर्णय | प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, यस्ता छन् नयाँ अनुहार | कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा | बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड |
२०७९ आश्विन ७, शुक्रबार ०७:२० बजे

बाँके । नेकपा एमालेका नेता योगेश भट्टराईले राष्ट्रपतिको भुमिका संविधानभन्दा राष्ट्र माथी हुने तर्क गरेका छन् ।

प्रेस चौतारी बाँकेले शुक्रबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा बोल्दै भट्टराईले यस्तो बताएका हुन् । उनले नागरिकता विधेयकले मुलुकलाई विभाजित गर्ने काम गरेको बताए।



उनले भने, ‘राष्ट्रपतिको भुमिका संविधानभन्दा राष्ट्र माथी हुन्छ, अहिले पनि राष्ट्रपतिले राष्ट्रलाई पहिलो प्राथमिकता दिनु भएको हो। ’



सभामुख सापकोटाले आफै संविधान मिच्ने काम गरिरहेको भट्टराईको आरोप छ। पदमा नरहेको ब्यक्तिलाई सभामुखको आसनमा बस्ने कुनै अधिकार नरहेको बताए।

आसन्न निर्वाचनका लागि एमालेले अधिकांस निर्वाचन क्षेत्रबाट सर्बसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको दाबी गरे। उम्मेदवार सिफारिस गर्ने क्रममा एमालेभित्र विवाद नरहेको उनको जिकिर छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय