२०७९ आश्विन ७, शुक्रबार ०८:०२ बजे

काठमाडौं । निर्वाचन आयोगले बजेटबाहिरका योजना र कार्यक्रमको विवरण बुझाउ अर्थ मन्त्रालयलाई आग्रह गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा समावेश बाहेकका योजना र कार्यक्रमको विवरण चौबिस घण्टाभित्र बुझाउन अर्थ सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएको हो ।



चुनावको मिति घोषणा भइसकेको अवस्थामा नयाँ कार्यक्रम सञ्चालन हुँदा निर्वाचनको स्वच्छतामा असर पर्ने आयोगले बताएको छ ।



‘सरकारबाट साउन १९ मा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति तोकिए पश्चात व्यवस्थापिका संसद्‍बाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुने

गरी अर्थ मन्त्रालयबाट कुन कुन मन्त्रालय र नियकाहरूमा के कति रकम कुन कुन योजना तथा कार्यक्रमहरुमा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ, छैन भन्ने विषयमा अर्थ सचिवबाट २४ घण्टाभित्र निर्वाचन आयोग नेपाललाई प्राप्त हुने गरी विवरण पेश गर्न निर्देशन दिइएको छ,’ आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बजेटभन्दा पृथक हुने गरी रकमान्तर गरी नयाँ कार्यक्रम सञ्चालन गरेको भएको भए त्यसको जानकारी २४ घण्टाभित्र गराउन आयोगले अर्थ सचिवको ध्यानाकर्षण गराएको छ ।

निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा संसदबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमभन्दा पृथक तरिकाबाट नयाँ योजना तथा कार्यक्रम सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर गर्ने आयोगले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय