अपडेट 
रास्वपाबाट तनहुँमा स्वर्णिमसहित तीनजना, चितवनमा रवि लामिछाने | रवि लामिछाने भन्छन् – म काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन | विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि | मन्त्रालय बाँडफाँडमा गठबन्धनभित्रै विवाद, अब शुक्रबार मन्त्रिपरिषद् विस्तार | जनगणनाबारे भ्रम नफैलाउन तथ्यांक कार्यालयको अनुरोध | जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश | ब्वाइफ्रेन्डसँग कुरा गर्न नदिएको झोकमा किशोरीद्वारा बाआमाको हत्या | यस्ता छन् सरकारका न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ] | सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु | कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, कुन मन्त्रालयमा को ? |
२०७९ आश्विन ७, शुक्रबार १०:०१ बजे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका पशु विकास अधिकृत शिव नारायण यादवविरुद्ध उच्च अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

यादवले घाँस विकास कार्यक्रमको पेस्की लिई घाँस खरिद गर्दा फार्मको संचालकबाट घाँस खरिद गरेवापत घुस चेकमार्फत लिएको भन्दै आयोगले मुद्दा दायर गरेको हो ।



अधिकृत यादवले फार्मबाट जबरजस्ती खाली विल लिई उक्त खाली विलमा घाँस खरिदको नक्कली विवरण भरी पेस्की फर्छ्यौटको लागि फार्मका संचालकलाई ७० हजार मात्र भुक्तानी दिई घाँस खरिद गरेको र एक लाख ८० हजार हिनामिना गरेको आयोगले जनाएको छ ।



आयोगले अधिकृत यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा एक लाख ८० हजार बिगो कायम गरी ऐनको दफा १७ मा उल्लेख भए बमोजिम ऐनको दफा ३ को उपदफा १० र सोही ऐनको दफा ३ को उपदफा १० को घ बमोजिम कैद सजाय र बिगो बमोजिम जरिवाना गरी ऐनको दफा १७ बमोजिम हानि नोक्सान भएको बिगो यादवबाट असुलउपर गरी विगो बमोजिमको जरिवानासमेतको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरिएको हो ।

आयोगले शिव नारायण यादवले फार्मबाट घाँस खरिद गर्दा फार्मका संचालकलाई दवाव र प्रभावमा पारी निजबाट २१हजार घुससमेत लिएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० बमोजिमको कसुर गरेको पुष्टि भएकोले यादवले लिएको घुस २१ हजार रुपैयाँ विगो

कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० एवं सोही ऐनको दफा ३ को उपदफा १० को देहाय क बमोजिम कैद सजाय, बिगो बमोजिम जरिवाना र लिइसकेको घुससमेतको मागदाबी लिई आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय