२०७९ आश्विन १३, बिहीबार १२:४५ बजे

एजेन्सी । युक्रेनका थप चारवटा क्षेत्र रुसी भूभागमा गाभिने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक विशेष समारोहबीच शुक्रबार औपचारिक पत्रमा हस्ताक्षर गर्न लागेका हुन् ।

रुसले ती क्षेत्र आफ्नो भूभागमा गाभ्ने विषयमा हालै जनमतसंग्रह गराएको थियो । मताधिकार प्रयोग गर्नेहरूले व्यापक सहयोग र समर्थन प्रदर्शन गरेको रुसले दाबी गरेको थियो ।



तर, पश्चिम जगत र युक्रेनले भने जनमतसंग्रहलाई ‘बहाना मात्रै भएको’ भन्दै आलोचना गरेका थिए । पूर्वी युक्रेनका दोनत्स्क र लुहान्स्क तथा दक्षिणी क्षेत्रका जापोरिझझिया तथा खेर्सोनमा पाँचदिन लगाएर उक्त मतदान सम्पन्न गराइएको हो ।



हस्ताक्षर कार्यक्रमको दौरान पुटिनले क्रेमलिनमा ‘विशेष तथा महत्वपूर्ण भाषण’ दिने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय