अपडेट 
कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा | बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड | तनहुँ १ र बारा २ को उपनिर्वाचनका लागि २६ दल दर्ता | जसपाले अशोक राईलाई दियो शिक्षा र वन दुवै मन्त्रालयको जिम्मेवारी | कांग्रेसबाट सरकारमा जाने चार मन्त्रीको नाम फाइनल, अर्थमा महत | विराटनगर महानगरद्धारा क्रिकेटर ललित र दिपेश सम्मानित | खानेपानी मन्त्री खानले भने – सबै मन्त्रालयले मेरो जति काम गरे देश बन्न समय लाग्दैन |
२०७९ आश्विन १३, बिहीबार १४:३७ बजे

काठमाडौं । डेंगीको संक्रमण बढेपछि सरकारले काठमाडौं र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध गराएको छ।

डेंगी संक्रमितको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले ती निकाय तथा अस्पताललाई निःशुल्क वितरणका लागि पारासिटामोल उपलब्ध गराएको हो।



काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकालाई एक/एक लाख थान, कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, बूढानीलकण्ठ, शङ्खरापुर, महालक्ष्मी र गोदावरी नगरपालिकालाई २०/२० हजार थान सिटामोल उपलब्ध गराइएको स्वास्थ्य सेवा विभागले जनाएको छ।



सशस्त्र प्रहरी बल अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, कान्ति बाल अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, प्रसूति गृह, वीर अस्पताल, नरदेवी आयुर्वेद अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल, पाटन अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र त्रिवि शिक्षण अस्पताललाई निःशुल्क वितरणका लागि सिटामोल उपलब्ध गराइएको छ।

डेंगी संक्रमणको विद्यमान अवस्थालाई मध्यनजर गर्दै विभिन्न औषधि तथा भण्डारण केन्द्रमा औषधि भण्डारण गरी राखिएको र आवश्यकताअनुसार आपूर्तिको व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए।

स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई सिटामोलको उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा डेंगीको संक्रमण अन्य स्थानको तुलनामा बढी रहेको मन्त्रालयको भनाइ छ।

डेंगी एडिज जातका पोथी लामखुट्टेको टोकाइबाट सर्दछ। डेंगी संक्रमण भएमा उच्च ज्वरो आउने, शरीर दुख्ने जस्ता लक्षण देखापर्ने चिकित्सकको भनाइ छ। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय