अपडेट 
रास्वपाबाट तनहुँमा स्वर्णिमसहित तीनजना, चितवनमा रवि लामिछाने | रवि लामिछाने भन्छन् – म काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन | विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि | मन्त्रालय बाँडफाँडमा गठबन्धनभित्रै विवाद, अब शुक्रबार मन्त्रिपरिषद् विस्तार | जनगणनाबारे भ्रम नफैलाउन तथ्यांक कार्यालयको अनुरोध | जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश | ब्वाइफ्रेन्डसँग कुरा गर्न नदिएको झोकमा किशोरीद्वारा बाआमाको हत्या | यस्ता छन् सरकारका न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ] | सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु | कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, कुन मन्त्रालयमा को ? |
२०७९ आश्विन १३, बिहीबार १६:०३ बजे

बाजुरा । बाजुराको एक मन्दिरमा दलित प्रवेश गरेको भन्दै कुटपिट गरेको आरोपमा वडाध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारलाई कुटपिट गर्ने वडाध्यक्षसहित ३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता भएको हो ।



वडाध्यक्ष अयडी अयडी नेपाली काँग्रेस निर्वाचित भएका हुन् । उनीहरुमाथि जातिय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा अनुसन्धान हुनुपर्ने माग गरिएको छ।



नाटेश्वरी मन्दिरमा नवरात्रको पूजाआजा गर्न हालको घर भएको कन्चनपुरबाट पुर्ख्यौली घर बाजुरा पुगेका सुनारलाई मन्दिर प्रवेश गरेर पूजा किन गरेको भन्दै वडाध्यक्ष अयडीसहित स्थानीय रंगलाल पाध्याय र विनोद अयडीले निर्घात कुटपिट गरेका थिए ।

मन्दिरमा पूजा गरिरहेको बेला कुटपिटपछि सुनारको आँखा, ढाड, छातिमा चोट लागेको छ। उनीहरुले सुनारसँग रहेको नगद ६० हजार रुपैयाँसमेत लुटेको जाहेरीमा उल्लेख छ । प्रहरीले बडाध्यक्षलाई पक्राउ गरेको छ। अन्य २ जना भने फरार रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय