अपडेट 
बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड | तनहुँ १ र बारा २ को उपनिर्वाचनका लागि २६ दल दर्ता | जसपाले अशोक राईलाई दियो शिक्षा र वन दुवै मन्त्रालयको जिम्मेवारी | कांग्रेसबाट सरकारमा जाने चार मन्त्रीको नाम फाइनल, अर्थमा महत | विराटनगर महानगरद्धारा क्रिकेटर ललित र दिपेश सम्मानित | खानेपानी मन्त्री खानले भने – सबै मन्त्रालयले मेरो जति काम गरे देश बन्न समय लाग्दैन | नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी शनिबार नेपाल आईपुग्ने | डलर साट्ने बहानामा साढे ३० लाख लुटपाट, भक्तपुरबाट तामाङ पक्राउ | भारतमा राम नवमी मेलामा भएको दुर्घटनामा ३५ जनाको मृत्यु | नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्दै |
२०७९ आश्विन १४, शुक्रबार ००:४१ बजे

काठमाडौं । आज २०७९ साल असोज १४ गते शुक्रवारको राशिफल ।

मेष



निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । नजिकका व्यक्तिबाट काममा बाधा आउला । आत्मबलमा कमी आउनेछ ।



मिथुन

तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । गरेको कार्यबाट लाभ र सफलता पाइनेछ ।

सिंह

आज आँटेको काममा ढिलासुस्ती हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता पनि आउन सक्छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

तुला

आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । बाहन सुख पनि मिल्नेछ ।

धनु

आजको दिन माध्यम खालको नै रहनेछ । अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ । व्यवसायमा नोक्सानी हुन सक्छ, तर सफल यात्राको योग छ ।

कुम्भ

आज स्वास्थ्यमा सुधार आउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार, व्यवसायमा लाभ हुनेछ ।

बृष

लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शेयर बजार अथवा पुँजी बजारको लगानीले राम्रो लाभ दिनेछ ।

कर्कट

आज आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । अरुको मन जित्न पनि सकिनेछ ।

कन्या

आज इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

बृश्चिक

आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । वैदेशिक क्षेत्रको कार्य सफल हुनेछ ।

मकर

आज सोचेको आँटेको काममा फाइदा मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला ।

मीन

समाज सेवा गरे लोकमा प्रसिद्ध भइनेछ । स्वास्थ्यमा सुधार आउला । आफन्त सँगको सम्बन्ध पनि गाढा र सुमधुर रहनेछ । तीर्थाटनको योग पनि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय