अपडेट 
पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । | मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी बसन्त बहादुर कुवर आउदै |
२०७९ आश्विन १४, शुक्रबार ००:५९ बजे

सप्तरी । सप्तरीमा मुस्लिम धर्मकी नक्कली छोरीलाई हिन्दु बनाएर नागरिकता जारी भएको खुलासा भएको छ । बुबा (नागरिकताअनुसार) जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ रम्पुराका वीरेन्द्र सुतिहारले पैसाको बाँडफाँट नमिलेपछि आफ्नी छोरी नरहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन नै दिएपछि सो कुरा बाहिरिएको हो ।

गत साउनको दोस्रो साता आमा (नागरिकताअनुसार) सुशीलादेवी मण्डलले आफ्नी छोरी रहेको भन्दै सकिरा खातुनलाई सोनीकुमारी सुतिहारको नामले वडा कार्यालयबाट नागरिकता सिफारिस लिइन् । सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी देवु यादवमार्फत सुशीलाले सोनीकुमारीलाई लिएर सो कार्यालय पुगे ।



‘नागरिकता जारी गर्नुअघि प्रशासकीय अधिकृत शिशिर घिमिरेले सोधपुछ शुरू गरे तर देवुले सोनीसँग आफ्नो लामो समयदेखि चिनजान रहेको भनेपछि नागरिकता जारी भयो’, स्रोतले भन्यो– ‘जिल्ला प्रशासन कार्यालयमा सघाउनका लागि देवुले मात्रै सोनीसँग ३० हजार रुपियाँ लिएको रैछ, थप अन्य कर्मचारीले पनि मोटो रकम लिएकै हो ।’



नागरिकता जारी भइसकेपछि बुबा र आमा भनिएका वीरेन्द्र र सुशीलाबीच सोनीसँग लिइएको पैसाको बाँडफाँट गर्ने विषयमा खटपट शुरू भयो । वीरेन्द्रले सुशीलासँग दोस्रो विवाह गरेका छन् भने हाल दुवै जना अलगअलग नै बस्ने गर्छन् । बाँडफाँट नमिलेपछि वीरेन्द्रले नै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको स्रोतले बतायो ।

जिल्ला प्रशासन कार्यालयमा निवेदन आइसकेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सिफारिस गर्ने वडा अध्यक्ष सिकेन्द्र साह र वडा सचिव, वीरेन्द्र, सुशीला र सोनीलाई झिकाएर सो नागरिकता जफत गरेका छन् । यद्यपि, नागरिकता फाँटका प्रशासकीय अधिकृत शिशिरको ठाउँमा राजु शर्मालाई हेरफेर गर्ने बाहेक हालसम्म अन्य कसैलाई पनि कारबाही भएको छैन । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय