
एजेन्सी । अमेरिकी राज्य फ्लोरिडामा इयान नामको समुद्री आँधीबाट अहिलेसम्म कम्तिमा १५ जनाको मृत्यु भएको छ ।
जसका कारण कैयौं मानिस वेपत्ता भएको आशंका गरिएको छ । नेशनल कोस्ट गार्डका सैनिकहरुले वेपत्ता भएकाहरुको खोजी कार्य भइरको जनाइएको छ ।
तीब्र गतिमा आएको आँधीले फ्लोरिडाको जनजीवन अस्तब्यस्त बनाएको । भौतिक संरचनाहरुमा ब्यापक रुपमा क्षति पुर्याएको छ ।
सोही राज्यका २६ लाख घरमा बिजुली आपूर्ति समेत बन्द भएको छ । आवासीय घरहरु, ब्यापारिक मल, सार्वजनिक भवनहरु, तथा सडक र पुलहरुमा ब्यापक क्षति पुगेको छ । सडक र घर अगाडि पार्क गरिएका सवारी साधनहरु कत पुगे भन्ने पत्तो समेत छैन् ।
अमेरिकाको आँधीबारे पूर्वानुमान गर्ने निकाय नेशनल हुरिकेन सेन्टरले बाढीको थप खतरा रहेको भन्दै चेतावनी दिएको छ । यो आँधी फ्लोरिडामा बज्रिएका अहिलेसम्मकै शक्तिशाली पाँच आँधीमध्येमा एक मानिएको छ।