अपडेट 
रास्वपाबाट तनहुँमा स्वर्णिमसहित तीनजना, चितवनमा रवि लामिछाने | रवि लामिछाने भन्छन् – म काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन | विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि | मन्त्रालय बाँडफाँडमा गठबन्धनभित्रै विवाद, अब शुक्रबार मन्त्रिपरिषद् विस्तार | जनगणनाबारे भ्रम नफैलाउन तथ्यांक कार्यालयको अनुरोध | जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश | ब्वाइफ्रेन्डसँग कुरा गर्न नदिएको झोकमा किशोरीद्वारा बाआमाको हत्या | यस्ता छन् सरकारका न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ] | सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु | कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, कुन मन्त्रालयमा को ? |
२०७९ आश्विन १४, शुक्रबार ०५:०५ बजे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले डेंगुको प्रकोप नियन्त्रण र रोकथामको विषय सरकारको प्राथमिकतामा नपरेको बताएका छन् ।

शुक्रबार काठमाडौं चावहिलको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । थापाले अहिलेको सरकार डेङ्गु नियन्त्रणमा जिम्मेवारी बहन गर्न चुकेको पनि बताए।



‘सरकारले काम गरेको छैन, पटक्कै चित्त बुझेको छैन,‘ थापाले भने, ‘हामीले कोभिडको बेला अर्को सरकारलाई भन्यौँ। तर, अहिले हाम्रै सरकारले काम गरेन।’



सरकार चुनावको तयारीमा रहे पनि डेंगु नियन्त्रणलाई पनि प्राथमिकतामा राख्नुपर्ने भन्दै उनले आपतकालीन बैठक बसेर योजना बनाउनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय