
मोरङ । मोरङको रंगेलीमा एक जना युवाको शव भेटिएको छ । जिल्लाको सुनवर्षी नगरपालिका ४ बटरबारी बस्ने ३२ वर्षीय अशोककुमार यादव धामीको शव भेटिएको हो।
घरबाट काम गर्न भनी हिँडेका यादवको आज बिहान मोरङको रङेली बटरवारी जाने भित्री सड्क खण्डमा शव भेटिएको हो ।
यादव असोज १४ गते घरबाट काम गर्ने भनेर प्र-नं-१०२०४४ प.३२६१ नम्बरको मोटरसाइकल लिएर हिँडेका थिए ।
शव शङ्कास्पद देखिएकोले थप अनुसन्धान गर्न कुकुर सहितको टोली खटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।