अपडेट 
कर्णालीका मुख्यमन्त्री शर्माले मागे विश्वासको मत | शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ | दुई डिआईजीको सरुवा : लुम्बिनीमा जोशी बागमतीमा राणा | ओलम्पिक छनोटमा भियतनामसँग खेल्ने महिला टिम घोषणा | संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने माओवादी कर्णाली संसदीय दलको निर्णय | प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, यस्ता छन् नयाँ अनुहार | कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा |
२०७९ आश्विन १४, शुक्रबार ०७:४३ बजे

सेन्ट पिटर्सवर्ग । रुसले युक्रेनका थप चार वटा क्षेत्रलाई आज शुक्रवार औपचारिकरूपमा आफ्नो देशमा गाभ्दैछ ।

यसअघि जनमत सङ्ग्रह गरेर अनौपचारिक परिणाम घोषणा गरेको रुसले भोलि पूर्वका लुहान्स्क र डोनेट्स्क तथा दक्षिणका जापोरिज्जिया र खेरसनलाई शुक्रबार आफ्नो देशमा गाभ्ने घोषणा गर्न लागेको बीबीसीले जनाएको छ ।



चार वटा क्षेत्र गाभ्ने घोषणामा राष्ट्रपति पुटिनले हस्ताक्षर गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् ।



रुसी समर्थित अधिकारीहरूले यसअघि पाँच दिने जनमत सङ्ग्रहबाट लगभग ९९ प्रतिशत नागरिकले रुसमा गाभिने पक्षमा मतदान गरेको दाबी गरेका थिए । गाभिन लागेका क्षेत्रले युक्रेनको १५ प्रतिशत भू–भाग ओगट्छन् ।

राष्ट्रपति कार्यालयमा हुने विशेष समारोहमा पुटिनले विशेष सम्बोधनसहित युक्रेनका चार वटा क्षेत्र गाभ्ने घोषणामा हस्ताक्षर गर्नेछन् । बेलुकी साङ्गीतिक कार्यक्रमसहित कन्सर्टको आयोजना गरिएको खबरमा उल्लेख छ ।

जनमत सङ्ग्रह र युक्रेनका क्षेत्रलाई रुसमा गाभ्ने निर्णयको अन्तर्राष्ट्रिय समुदायको विशाल बहुमतले भने मान्यता दिएको छैन । अमेरिकाले जनमत सङ्ग्रहको कारण रुसमाथि प्रतिबन्ध लगाउने बताएको छ भने युरोपेली सदस्य राष्ट्रहरूले पनि आठौँ चरणको प्रतिबन्धबारे विचार गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय