अपडेट 
संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने माओवादी कर्णाली संसदीय दलको निर्णय | प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, यस्ता छन् नयाँ अनुहार | कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा | बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड | तनहुँ १ र बारा २ को उपनिर्वाचनका लागि २६ दल दर्ता | जसपाले अशोक राईलाई दियो शिक्षा र वन दुवै मन्त्रालयको जिम्मेवारी | कांग्रेसबाट सरकारमा जाने चार मन्त्रीको नाम फाइनल, अर्थमा महत |
२०७९ आश्विन १४, शुक्रबार १०:०३ बजे

काठमाडौं । नेपाली कथानक चलचित्र ‘के घर डेरा’को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक ४ गते रिलिज हुने चलचित्रको ट्रेलर आज सार्वजनिक भएको हो ।

सार्वजनिक ट्रेलरमा काठमाडौं घर बनाउन कति कठिन छ भन्ने देखाइएको छ । चलचित्रमा दयाहाङ राई र विपीन कार्कीले काठमाडौंमा घरका लागि गर्ने संघर्ष र छलछाम देखाइएको छ ।



दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस चलचित्रमा दयाहाङ राई, विपीन कार्की, सुरक्षा पन्त, वर्षा राउत मुख्य भूमिकामा छन् भने रबीन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी लगायतको पनि अभिनय रहेको छ ।



ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण भएको हो । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन चलचित्रका निर्माता हुन् ।

कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले काठमाडौंमा घर हुने र डेरामा बस्ने मानिसको कथालाई प्रस्तुत गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय