अपडेट 
संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने माओवादी कर्णाली संसदीय दलको निर्णय | प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, यस्ता छन् नयाँ अनुहार | कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा | बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड | तनहुँ १ र बारा २ को उपनिर्वाचनका लागि २६ दल दर्ता | जसपाले अशोक राईलाई दियो शिक्षा र वन दुवै मन्त्रालयको जिम्मेवारी | कांग्रेसबाट सरकारमा जाने चार मन्त्रीको नाम फाइनल, अर्थमा महत |
२०७९ आश्विन १४, शुक्रबार १०:५३ बजे

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद्को निर्माणधीन भवन अवलोकन गरेका छन्।

सिंहदरबार परिसरभित्र संघीय संसद्का दुई सदन राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको बैठक कक्षलगायत विभिन्न भवनहरुको शुक्रबार स्थलगत अवलोकन गरेका हुन्।



अध्यक्ष तिमिल्सिनाले संसद् भवन सँगसँगै अन्य संरचनाको निर्माण कार्य पनि सँगै अघि बढाउन भनेका छन् ।



उनले चाँडो काम सक्नका लागि आवश्यक जनशक्ति थप गरेर भएपनि काम गर्न निर्देशन दिँदै पैसाको कारणले समस्या नआउने बताए । भरसक आगामी संसदको पहिलो बैठक बस्न मिल्ने गरी दोस्रो चरणको कामका लागि टेन्डर आह्वान पनि तुरुन्त गर्नुपर्ने बताए ।

‘अहिलेको गतिले बाँकी समयमा यो आयोजना सम्पन्न हुने देखिँदैन,’ उनले भने, ‘केही काम रातिमा गर्नसकिने हुन्छ। एकसाथ गर्न सकिने कामलाई जनशक्ति तथा श्रोतसाधन थप गरेर भए पनि गति दिनतर्फ लाग्नुस्।२०८० असोजसम्म काम सम्पन्न गरेर उद्‌घाटन गर्नुपर्छ।’

२०७६ असोजमा निर्माण सुरु भएको यस आयोजनाको सुरुमा सम्पन्न अवधि तीन वर्ष तोकिएको थियो।

हाल कोभिडका कारणले थप गरिएको ६ महिनासहित चैत्र मसान्तसम्म म्याद रहेको सहरी विकास तथा भवन डिभिजन विभाग अन्तर्गतको आयोजना समन्वय कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय