अपडेट 
प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, यस्ता छन् नयाँ अनुहार | कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा | बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड | तनहुँ १ र बारा २ को उपनिर्वाचनका लागि २६ दल दर्ता | जसपाले अशोक राईलाई दियो शिक्षा र वन दुवै मन्त्रालयको जिम्मेवारी | कांग्रेसबाट सरकारमा जाने चार मन्त्रीको नाम फाइनल, अर्थमा महत | विराटनगर महानगरद्धारा क्रिकेटर ललित र दिपेश सम्मानित |
२०७९ आश्विन १४, शुक्रबार १०:५७ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रले रुकुम पश्चिमका तीन वटै सीट नपाए परिणाम अनपेक्षित हुने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै जिल्ला संयोजक गोविन्द रोकाले यसअघि जितेका क्षेत्रलाई यथावत राखेर सिट बाँडफाँट गर्न आग्रह गरेका छन् ।



रोकाले लेखेका छन् -‘ सिट बाँडफाँडको लागि गठबन्धन दलहरूले यसअघि जितेका क्षेत्रहरू यथावत् राखी अन्य क्षेत्रमा मात्र भागबन्डा मिलाउने भनी यसअघि निर्धारण गरिएको मापदण्ड अनुसार नै सिट



बाँडफाँट सम्बन्धी निर्णय गर्न नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिम जोडदार माग गर्दछ । अन्यथा भएमा रुकुम पश्चिममा त्यसको परिणाम अनपेक्षित हुनसक्ने तर्फ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

गठबन्धनको सीट बाँडफाँटमा रुकुम पश्चिमको एउटा प्रदेश सभाको एउटा सीट नेपाली कांग्रेसले पाउने चर्चा चलिरहेका बेला माओवादीको यस्तो चेतावनी आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय