अपडेट 
प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा | बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड | तनहुँ १ र बारा २ को उपनिर्वाचनका लागि २६ दल दर्ता | जसपाले अशोक राईलाई दियो शिक्षा र वन दुवै मन्त्रालयको जिम्मेवारी | कांग्रेसबाट सरकारमा जाने चार मन्त्रीको नाम फाइनल, अर्थमा महत | विराटनगर महानगरद्धारा क्रिकेटर ललित र दिपेश सम्मानित | खानेपानी मन्त्री खानले भने – सबै मन्त्रालयले मेरो जति काम गरे देश बन्न समय लाग्दैन | नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी शनिबार नेपाल आईपुग्ने | डलर साट्ने बहानामा साढे ३० लाख लुटपाट, भक्तपुरबाट तामाङ पक्राउ |
२०७९ आश्विन १४, शुक्रबार ११:२६ बजे

काठमाडौं । काठमाडौंको गोठाटारमा भएको लाल मोहम्मदको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १६ का मुख्य योजनाकार तथा हतियार व्यवस्थापन गर्ने वर्ष २१ का महोरम मियाँ, वीरगञ्ज महानगरपालिका–१५ भिस्वा घर भएका वर्ष १९का रेहान खान र आफुलाई सुमी भनेर चिनाउने सुस्मिता स्याङताङ छिन् ।



उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूले लाल मोहम्मदलाई हत्या गर्नुअघि हतियार व्यवस्थापन गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



लाल मोहम्मदको हत्या भएको घटनास्थलबाट प्रहरीले मेड इन युएसए लेखिएको पेस्तोल एक थान ९ एमएमको खोका ४ थान र ९ एमएमको जङ्गी राउण्ड ४ थान बरामद भएको थियो ।

पक्राउमा परेका तीनै जनामाथि ज्यान सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गत असोज ३ गते काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका २ जनाले गोली हानी फरार भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय