अपडेट 
रास्वपाबाट तनहुँमा स्वर्णिमसहित तीनजना, चितवनमा रवि लामिछाने | रवि लामिछाने भन्छन् – म काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन | विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि | मन्त्रालय बाँडफाँडमा गठबन्धनभित्रै विवाद, अब शुक्रबार मन्त्रिपरिषद् विस्तार | जनगणनाबारे भ्रम नफैलाउन तथ्यांक कार्यालयको अनुरोध | जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश | ब्वाइफ्रेन्डसँग कुरा गर्न नदिएको झोकमा किशोरीद्वारा बाआमाको हत्या | यस्ता छन् सरकारका न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ] | सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु | कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, कुन मन्त्रालयमा को ? |
२०७९ आश्विन १४, शुक्रबार १४:३० बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष बनेका नेता रवीन्द्र मिश्रले गर्व गर्न सक्ने सांसद बनेर देखाउने बताएका छन् ।

विवेकशील साझा पार्टी त्यागेर राप्रपामा लागेका मिश्रले काठमाडौं क्षेत्र नम्बर १ का मतदाताले निशंकोच गर्व गर्न सक्ने सांसद बनेर देखाउने प्रतिवद्धता गरेका हुन् । उनले शुक्रबार मात्रै काठमाडौं क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।



उनले भने, ‘काठमाडौं क्षेत्र नं १ का मतदाताले निशंकोच गर्व गर्न सक्ने सांसद बनेर देखाउँछु । आज मेरो उम्मेदवारी घोषणा गर्दा काठमाडौं क्षेत्र नं १ का मतदाता सामू मैले गरेको प्रतिवद्धता ।’



काठमाडौं–१ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह उम्मेदवार बन्ने चर्चा छ। ०७४ को निर्वाचनमा पनि यहाँ मिश्र र सिंहबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला मिश्र ८१९ मतको झिनो अन्तरले पराजित भएका थिए ।

उनले हलो चुनाव चिन्ह लिएर काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी घोषणा गरेका छन् ।

यी हुन् मिश्रका प्रतिवद्धता :

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय