अपडेट 
शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ | दुई डिआईजीको सरुवा : लुम्बिनीमा जोशी बागमतीमा राणा | ओलम्पिक छनोटमा भियतनामसँग खेल्ने महिला टिम घोषणा | संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने माओवादी कर्णाली संसदीय दलको निर्णय | प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, यस्ता छन् नयाँ अनुहार | कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा | बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड |
२०७९ आश्विन १५, शनिबार ०७:१२ बजे

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालद्वारा लिखित ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ नामक पुस्तकको शुक्रबार राजधानीमा एक कार्यक्रमबीच विमोचन गरिएको छ ।

खनालद्वारा लिखित सो पुुस्तकको विभिन्न दैनिक पत्रिकाका सम्पादकले सामूहिक विमोचन गरेका छन् ।



पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा पुस्तकका लेखक खनालले नेतामा अध्ययन र चिन्तन विश्लेषण गर्ने क्षमता हुनुपर्ने आवश्यकता औंल्याए ।



जेएन फाउन्डेसन फरपीस डेभलभमेन्ट एन्ड सोसलिज्मद्वारा प्रकाशित सो पुस्तकमा ५ पक्षलाई समेटिएको छ । जसका अनुसार विश्व कम्युनिस्ट आन्दोलनको विकासक्रम , बदलिँदो परिस्थिति र हाम्रो दृष्टिकोण, नेपालमा समाजवादी क्रान्ति र नेपाली विशेषताको समाजवाद, नेपाली समाजवादी क्रान्ति र केही ज्वलन्त सवाल, समाजको जनप्रतिनिधि र हाम्रो कार्यदिशा तथा विद्रोहपछिको समीक्षा र वैज्ञानिक समाजवादमा पुग्ने लक्ष्यलगायतका महत्वपूर्ण विषय समेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय