अपडेट 
रास्वपाबाट तनहुँमा स्वर्णिमसहित तीनजना, चितवनमा रवि लामिछाने | रवि लामिछाने भन्छन् – म काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन | विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि | मन्त्रालय बाँडफाँडमा गठबन्धनभित्रै विवाद, अब शुक्रबार मन्त्रिपरिषद् विस्तार | जनगणनाबारे भ्रम नफैलाउन तथ्यांक कार्यालयको अनुरोध | जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश | ब्वाइफ्रेन्डसँग कुरा गर्न नदिएको झोकमा किशोरीद्वारा बाआमाको हत्या | यस्ता छन् सरकारका न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ] | सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु | कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, कुन मन्त्रालयमा को ? |
२०७९ आश्विन १५, शनिबार ०८:३९ बजे

कास्की । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले व्यवस्था नै संकटमा परेको बताएका छन् । माओवादी केन्द्र पोखरा महानगर कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा महासचिव गुरुङले यस्तो बताएका हुन् ।

गुरुङले राष्ट्रियतामाथि नै आक्रमण हुन थालेको दाबी गर्दै प्रणालीमा चित्त नबुझे बहस गर्नुपर्ने तर अस्थिरता निम्त्याउने काम गर्न नहुने बताए । उनले व्यवस्था र संविधान जोगाउन वामलोकतान्त्रिक गठबन्धन आवश्यक रहेको बताए ।



नजिकिँदै गरेको निर्वाचनमा केन्द्रित रहदै उनले अहिले टिकट लिने क्रममा आ–आफ्नो पार्टीभित्र संघर्ष भए पनि टिकट पाएपछि वामलोकतान्त्रिक गठबन्धन नै एकताबद्ध भएर अगाडि बढ्ने बताए ।



महासचिव गुरुङले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुनुले पनि व्यवस्थामाथि खतराको संकेत गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय