२०७९ आश्विन २१, शुक्रबार १५:३९ बजे

पोखरिया – २१ असोज । नेकपा एमाले नगर कमिटीको आयोजनामा आज पोखरीयामा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

नगर अध्यक्ष विन्ध्याचल ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा लोसपा बाट वडा अध्यक्षमा चुनाव लडेका जोगिन्दर राउत कुर्मी, नेपाल शुसासन पार्टीबाट चुनाव लडेका कौशल किशोर साह,मदन ठाकुर,जनारधन महतो,रामपरवेश पंडित लगायत सयौं जना नेता कार्यकर्ताहरुले विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए।

नव प्रवेशीहरुलाइ कार्यक्रमका प्रमुख अतिथि तथा नगर अध्यक्ष विन्ध्याचल ठाकुरले टीका माला लगाएर पार्टी प्रवेश गराएका थिए।

कार्यक्रममा प्रमुख अतिथि प्रदुमन चौहानले आउने मंसिर ४ गतेको चुनावमा पार्टीलाइ जिताउन आग्रह गरेका थिए। पार्टी अहिले गठबन्धन गरी चुनावमा भाग लिएकोले यो छेत्रमा जो व्यक्ति टिकट लिएर आए पनि पार्टी लाइ जिताउन आग्रह गरेका थिए।

कार्यक्रममा राजेश रौनियार,सुमित साह,मनोज कुर्मी, रामेश्वर चौहान, राजनारायण कुर्मी,पारस ठाकुर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन नगर सचिव संतोष गिरीले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय