अपडेट 
रास्वपाबाट तनहुँमा स्वर्णिमसहित तीनजना, चितवनमा रवि लामिछाने | रवि लामिछाने भन्छन् – म काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन | विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि | मन्त्रालय बाँडफाँडमा गठबन्धनभित्रै विवाद, अब शुक्रबार मन्त्रिपरिषद् विस्तार | जनगणनाबारे भ्रम नफैलाउन तथ्यांक कार्यालयको अनुरोध | जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश | ब्वाइफ्रेन्डसँग कुरा गर्न नदिएको झोकमा किशोरीद्वारा बाआमाको हत्या | यस्ता छन् सरकारका न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ] | सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु | कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, कुन मन्त्रालयमा को ? |
२०७९ आश्विन २६, बुधबार १८:५० बजे

वीरगंज  – २६ असोज । नेकपा एमाले पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवम केन्द्रिय सदस्य राजकुमार गुप्ताले आज देखि घरदैलो कार्यक्रमको शुभारम्भका साथ आफ्नो सक्रियता बढाएका छन् ।

केन्द्रिय सदस्य गुप्ताले आज पकाहामैनपुर गाँउपालिकाको वडा नम्बर ३ र ४ अन्तरगतका टोलहरु पकाहा , मैनपुर , लहावरथकरी,खेश्राहा, भेलाहा , धोबीया टोल लगायतको गाँउहरुमा घरदैलो कार्यक्रम गरेका छन ।

कार्यक्रममा नेकपा एमाले र जस्पाका साझा प्रदेश सभा सदस्य(ख)का उम्मेदवार डा. मधु गुप्ता , (क)का उम्मेदवार मंजूर अंसारी , एमाले जिल्ला कमिटीका उप सचिव संजिव मिश्रा , प्रेस चौतारी पर्सा जिल्ला अध्यक्ष श्याम बञ्जारा , राष्ट्रिय युवा संघ पर्सा अध्यक्ष मोहमद निजाम , केन्द्रिय सदस्य रवि गुप्ता , नेता शिव पटेल , गाउँपालिका कमिटीका इञ्चार्ज विकास पाण्डेय , गाउँपालिका कमिटी अध्यक्ष अकलेश साह, उपाध्यक्ष कृष्ण कुशवाहा , नेता हनिफ अंसारी , पुर्व गाँउपालिका अध्यक्ष एवम पाकाहा मैनपुर गाउँपालिका निर्वाचन कमिटी अध्यक्ष बिचय चौरसिया,फरमान मियाँ, राजेश्व रौनियार,गम्भिरा साह लगायत सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

सो अवसरमा नेता गुप्ताले पर्सा क्षेत्र नम्बर ३ को बिकाशको लागि एमाले नेतृत्वका सरकार आवश्य पर्ने भएकोले एमालेलाई बिजयी गराउन आग्रह गर्नुभयो । क्षेत्र नम्बर ३ को बिकाशको लागि आफु पहिला देखि नै कार्यहरु गर्दै आएको र अधुरा बिकाश निर्माणको काम पुरा गर्न पुनः जिताउन नेता गुप्ताले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय