२०७९ आश्विन २८, शुक्रबार ११:४८ बजे

काठमाडौं । कपिलवस्तुको इप्रका गोह्रसिंगेका इन्सपेक्टर शशीधर शर्मामाथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ ।

प्रहरी कार्यालयका लागि भनेर विभिन्न निकायलाई पत्रै लेखेर पैसा मागी त्यसको दुरुपयोग गरेको आरोपमा छानबिन सुरु भएको हो ।

प्रहरी प्रधान कार्यालयबाट निरीक्षण हुन लागेको र त्यसका लागि कार्यालयमा मर्मतदेखि अतिथी सत्कार खर्च भनेर उनले स्थानीय तहदेखि व्यापारीसम्म पैसा मागेका थिए । त्यसरी लिएको पैसा पनि दुरुपयोग गरिएको खुलेको छ ।

बुद्धभुमी नगरपालिकासँग मात्र साढे दुई लाख लिएका थिए । एउटै कामका लागि धेरै संस्था तथा व्यक्तिसँग पैसा मागेर हिनामिना गरेका छन् ।

अनुगमनका लागि गएका एआइजी उत्तम सुवेदीको अतिथी सत्कारका लागि भनेर समेत उनले पैसा उठाएको त्यहाँ कार्यरत एक प्रहरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय