
वीरगंज, ३० असोज । बाराको सिमरामा दुईदिने विपद् पूर्व तयारी तथा प्रतिकार्य बारेमा क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । होटेल श्रेष्ठ रेसिडेन्समा नेपाल शिक्षा समुह सञ्चालन कार्यविधि २०७९ सम्बन्धी स्थानिय तहको क्षमता अभिवृद्धि तालिम मधेस प्रदेश शिक्षा समुहको आयोजनामा सुरु भएको हो ।
तालिममा बाराका ६ वटा स्थानीयतह ,पर्साको ६ वटा गरी १२ वटा स्थानीयतह सम्बधित व्यक्ति सहभागी भएका छन ।तालिममा प्रत्येक स्थानीयतहका शिक्षा शाखा प्रमुख र शिक्षा समितिका एकजना गरी दुई जना सहभागी भएका छन ।
EU को आर्थिक सहयोग तथा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक सहयोग र
NSET नेपालको सहजीकरणमा संचालित supporting the response to the COVID 19 crisis in the education sector कार्यक्रम सञ्चालनमा रहेको स्थानिय तह हरुको सहभागितामा यो दुई दिने कार्यक्रम सञ्चालमा रहेको छ ।
तालिममा विपद् जोखिम,न्यूनीकरण,तथा त्यसको व्यवस्थापनका अवधारणा,नेपालमा शिक्षा र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी नीतिगत र कानुनी व्यवस्था, बृहत विद्यालय सुरक्षा , आपतकालीन शिक्षा र अन्तर्निकाय सञ्चालन , तथा आधारभूत मानवीय मापदण्ड तथा शिक्षाको लागि न्यूनतम मापदण्ड र विपद् प्रतिकार्यका लागि विषयगत समुहहरु र समन्वयको बारेमा छल्फल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।