अपडेट 
रास्वपाबाट तनहुँमा स्वर्णिमसहित तीनजना, चितवनमा रवि लामिछाने | रवि लामिछाने भन्छन् – म काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन | विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि | मन्त्रालय बाँडफाँडमा गठबन्धनभित्रै विवाद, अब शुक्रबार मन्त्रिपरिषद् विस्तार | जनगणनाबारे भ्रम नफैलाउन तथ्यांक कार्यालयको अनुरोध | जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश | ब्वाइफ्रेन्डसँग कुरा गर्न नदिएको झोकमा किशोरीद्वारा बाआमाको हत्या | यस्ता छन् सरकारका न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ] | सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु | कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, कुन मन्त्रालयमा को ? |
२०७९ कार्तिक २, बुधबार ०८:५४ बजे

पर्सा – पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमाले र जसपाको संयुक्त भेला सम्पन भएको छ ।

मंगलवार जानकीटोलामा सम्पन क्षेत्रस्तरिय भेलामा बोल्दै बक्ताहरुले एमालेप्रतिको जनलहर प्रष्ट देखिएको र प्रतिनिधी सभामा जालिमको जित निस्चीत हुने बताउनु भयो ।

कार्यक्रममा बोल्दै एमाले उम्मेदवार जालिम मियांले नेपाली कांग्रेस संग क्षेत्रमा जितन सकने नेताको अभाव भएकोले आफ्नो जित सुनिश्चित रहेको बताउनु भयो । वितेको तिन निर्वचानमा लगातार पराजीत भएका रमेश रिजाललाई जनताको सहयोगमा चौथो पटक पनि हराउने दाबी गरे । चुनाव हार्दै आएपनि रिजालले कांग्रेस सरकार भएका बेला जनतालाई अनावश्यक झमेलामा पार्ने गरेको जालिम मियांको आरोप थियो । समान्य विवादमा पनि सरकारको धाकमा गाउ गाउंमा मुद्दा मामिला गराउने बाहेक क्षेत्रमा उनले गरेको विकाशको कुनै उदाहरण प्रस्तुत गर्न सक्ने स्थिती नरहेको जालिम मियांले बताए ।

कांग्रेसको शोषण र अत्याचारले त्रस्त जनता प्रतिनिधी तथा प्रदेश सभामा एमाले उम्मेदवारलाई जिताउन आतुर रहेको एमाले पर्साका अध्यक्ष एवं क्षेत्र ४ को क बाट विधायक उम्मेदवार जयप्रकाश थारुले बताए ।

कार्यक्रममा एमाले तथा जसपाका हजारौ कार्यकर्ताको सहागिता रहेको थियो । मन्च बाट नेताहरु गठबन्धनलाई एकताबद्ध बनाई आफनो उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय