अपडेट 
कोशी नाम खारेजीको माग गर्दै माइतीघरमा पहिचानवादीको प्रदर्शन | नवनियुक्त अर्थमन्त्री महतद्धारा पदभार ग्रहण | यस्तो छ सीके राउतको जनमत पार्टी सरकारबाट वाहिरिनुको दुई कारण | कर्णालीका मुख्यमन्त्री शर्माले मागे विश्वासको मत | शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ | दुई डिआईजीको सरुवा : लुम्बिनीमा जोशी बागमतीमा राणा | ओलम्पिक छनोटमा भियतनामसँग खेल्ने महिला टिम घोषणा | संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने माओवादी कर्णाली संसदीय दलको निर्णय | प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, यस्ता छन् नयाँ अनुहार | कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु |
२०७९ कार्तिक १८, शुक्रबार ०९:३० बजे

काठमाडौँ । महिला सम्पादक/प्रकाशकले प्रेस काउन्सिल समक्ष पाँच बुँदे माग राखेका छन् । उनीहरूले विविध चुनौतीकाबीच पत्रकारितामा सक्रिय महिलाहरूले भोग्नु परेका पेसागत समस्या सम्बोधनको माग राख्दै बुधबार काउन्सिल समक्ष ध्यानाकर्षण पत्र पेश गरेका हुन् ।

नवीन सन्देश मासिकका सम्पादक कल्पना शर्मा, नेपाली सरोकार मासिकका सम्पादक रमा वली र पूर्ण मासिकका सम्पादक सम्झना वनले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई ध्यानाकर्षण बुझाएका छन् । हुबहु सम्बन्धमा, वर्गीकरण समस्या, २० वर्ष पत्रकारितामा सक्रिय महिलालाई पेन्सनको व्यवस्था लगायतका माग उनीहरूले राखेका हुन् ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी, प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालको सहभागिता रहेको थियो । यसै क्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महिलाकाे समस्याका बारेमा काउन्सिल गम्भीर भएकाे जानकारी दिनुभयाे । नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पाेखरेलले पत्रकार महिलाका समस्याहरु अनगिन्ती रहेकाले निरन्तर याे क्षेत्रमा लाग्नेहरुका लागि राज्यस्तरबाट विशेष ब्यवस्था हुनुपर्ने वताउनुभयाे ।

प्रेस काउन्सिलका बरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले काउन्सिलमा आएर यसरी पत्रकार महिलाहरु बिना झन्झट आफ्ना समस्याहरु खुलस्त पारेकाले अत्यन्तै खुसी लागेकाे धारणा ब्यक्त गर्नुभयाे । सम्पादक/प्रकाशक सम्झना बन र रमा वलीले मागहरू तत्काल सम्बोधन गर्न आवश्यक कदम चाल्न जरुरी रहेको बताएका थिए । सम्पादक कल्पना शर्माले पत्रकार महिलाका विषयमा राज्य गम्भीर हुनुपर्ने र संरक्षण गर्न अग्रसर हुनुपर्ने धारणा राख्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय