
राजन कुमार बानिया – पर्सा २४ कार्तिक ।
पर्सा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ मा धोबिनी गापाको वडा न .४ लंगडी र जगरनाथपुर टोलमा लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश रिजालको चुनावी घर दैलो कार्यक्रम सप्पन्न भएको छ।
कार्यक्रममा स्थानीय महिलाहरु घरबाट निसकिएर ठाउँ ठाउँमा नेता रिजाललाई फुलमाला र अबिरलाई स्वागत गर्दै जितको अग्रिम शुभकामना समेत दिएका छन, घरदैलोमा गठबन्धनको प्रदेश सभा सदस्यको उमेदवार शेख चान्द तारा ,बसिष्टनारायण प्रसाद कुर्मी ,रमेश पाण्डे , नवीन सिह,श्रीकान्त यादव, बलिष्टर अहमद, रामबाबु बैठा, सन्तोष पटेल ,गाया यादव,उमेश पटेल ,मनोज मिया ,सोनालाल कुर्मी ,लक्ष्मी प्र कुर्मी ,अरमान मिया ,धर्मेन्द्र पटेल लगायतको नेता कार्यकर्ताहरुको सहभागी थियोे ।
नेता रिजाल यस पर्सा जिल्ला निर्वाचन क्षेत्र न.४ र देशमै एक असल ,इमानदार र राम्रो व्यक्तित्व छवि बनाएका नेताको रूपमा जनताहरु मूल्याकंन गर्ने गर्छन त्यसकारण पनि रिजालको जित सुनिश्चित भएको आम धोबिनी गा पा बासीको आकलन रहेको छ ।