अपडेट 
यस्तो छ सीके राउतको जनमत पार्टी सरकारबाट वाहिरिनुको दुई कारण | कर्णालीका मुख्यमन्त्री शर्माले मागे विश्वासको मत | शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ | दुई डिआईजीको सरुवा : लुम्बिनीमा जोशी बागमतीमा राणा | ओलम्पिक छनोटमा भियतनामसँग खेल्ने महिला टिम घोषणा | संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने माओवादी कर्णाली संसदीय दलको निर्णय | प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, यस्ता छन् नयाँ अनुहार | कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए |
२०७९ कार्तिक २४, बिहीबार २०:३० बजे

वीरगंज –आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिए संगै पर्सा क्षेत्र नम्बर ३ ( ख ) की प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मी प्रति मतदाताको झन रुझान बढेको पाईएको छ । नयाँ अनुहार भएको र राजनीतिक पृष्ठभूमि भन्दा फरक पेशा बाट समाजको सेवा हेतु राजनीतिममा आउनुभएको हुदा जति जति निर्वाचन नजिकदै छ त्यति नै मतदाताहरुको रुझ्ना डा.मधु प्रति बढ्दै गएको जसपा पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादवले बताउनुभयो ।मतदाताले शिक्षित र कुनै न कुनै क्षेत्रमा विज्ञ भएको उम्मेदवारलाई मात्र अहिलेको निर्वाचनमा मन पराएको हुदा डा.मधुलाई मतदाताले सजिलै स्वीकारेको जसपाकी केन्द्रीय सदस्य सल्मा खातुनले बताउनुभएको हो । डा.मधु पोखरिया सतवरिया कै रहनुभएको अर्थात उहाको जन्मथलो नै ग्रामिण भेगमा रहेको र सहरी ज्ञान संगै ग्रामिण भेगलाई पनि बुझेको हुदा सबैखाले मतदाताको रुचिमा पर्न सफल हुदै जानुभएको जसपा युव नेता पवन सिंहले बताउनुभयो । चुनावी घरदैलोको क्रममा स्थानीय सञ्चारकर्मी संग कुरा गर्दै स्थानीय मतदाता एवम पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ बिश्रामपुर निवासी शिवबालक महत्तो कोईरिले डा.मधु युवा जोश जाँगर भएको र स्वास्थ्य क्षेत्रलाई पनि नजिक नियालेकोले आफुहरुको रोजाईमा परेको बताउनुभयो । जनता समाजबादी पार्टी नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ को ( ख ) मा डा.मधु गुप्ताले प्रदेश सभा सदस्यको लागी उम्मेदवारी दिनुभएको हो । उहालाई जसपा एमालेका साथ सहयोग पनि उतिकै मिलिरहेको जसपा एमालेका स्थानिया नेता कार्यकर्ताले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय