अपडेट 
रास्वपाबाट तनहुँमा स्वर्णिमसहित तीनजना, चितवनमा रवि लामिछाने | रवि लामिछाने भन्छन् – म काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन | विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि | मन्त्रालय बाँडफाँडमा गठबन्धनभित्रै विवाद, अब शुक्रबार मन्त्रिपरिषद् विस्तार | जनगणनाबारे भ्रम नफैलाउन तथ्यांक कार्यालयको अनुरोध | जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश | ब्वाइफ्रेन्डसँग कुरा गर्न नदिएको झोकमा किशोरीद्वारा बाआमाको हत्या | यस्ता छन् सरकारका न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ] | सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु | कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, कुन मन्त्रालयमा को ? |
२०७९ कार्तिक २५, शुक्रबार १६:५२ बजे

छिपहरमाई – ठेकेदारहरु संसद भएपछि सत्ताको आडमा कसरी करोडौँ रुपैयाँ आर्जन गर्छन् ? त्यसको प्रत्यक्ष उदाहरण बनेका छन् पर्साका निवर्तमान प्रदेश सांसद सिंगासन कलवार । मधेश आन्दोलनको राप तापमा २०७४ मा पर्साको निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट सिंगासन कलवार जितेका थिए ।

प्रदेशमा आफ्नै पार्टीको सरकार बनेपछि सिंघासनले पोखरी सौन्दर्यकरण अधिकांश ठेक्का आफ्नो निर्माण कम्पनीलाई पार्न लगाएका छन् । रन्जन निर्माण सेवा सिंगासनको कम्पनी हो । सिंघासनकी श्रीमती आशा देवी गुप्ता निर्माण सेवाकी सञ्चालक हुन् ।

मुख्यमन्त्री लालबाबु राउत गद्दीसँग निकटताको आडमा सिंघासनले प्रदेश सरकारबाट पोखरी सौन्दर्यकरण, सडक निर्माण लगायतका अधिकांश ठेक्का आफ्नै कम्पनीलाई पार्न लगाएको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टचार भएको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता गरेपछि मुख्यमन्त्री कार्यालयले पोखरी सौन्दर्यकरण योजना सम्बन्धी फाइलहरु भौतिक पूर्वाधार कार्यालयमा पठाएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जनकपुरले पोखरी सौन्दर्यकरणको ठेक्का दिँदा प्रदेश सांसद सिंघासनको कम्पनीले अधिकांश ठेक्का पाएको थियो ।

सिंघासनको रन्जन निर्माण सेवाले पर्सा जिल्लामा मात्र ३० करोड ४३ लाख रुपैयाँमा ३ वटा पोखरी सौन्दर्यकरणको ठेक्का लिएको छ । मुख्यमन्त्री कार्यालयबाट लगाइएको ठेक्का ३ वर्षमा सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि हालसम्म कुनै पनि पोखरीको सौन्दर्यकरणको काम सम्पन्न भएको छैन् ।

तीनवटै पोखरी प्रेरा निर्माण सेवासँग रन्जनले ‘ज्वाइन्ट भेन्चर’मा ठेक्का सकार गरेपनि फिल्डमा काम भने रन्जनले नै गरिरहेको ठेकेदारहरुले जनाएका छन् । रन्जन र्मिाण सेवाले वीरगन्जको मुर्ली पोखरी ९ करोड ९७ लाख र वीरगन्जकै नगवा पोखरी १० करोड रुपैयाँ ठेक्का पाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा पाएको पोखरी सौन्दर्यकरणको ठेक्का ३ वर्षको अवधिमा सम्पन्न गर्नुपर्ने थियो ।

मुर्ली पोखरीमा काम गरेर साढे ५ करोड र नगवा पोखरीमा काम गरेको वापत करिब ४ करोड रुपैयाँ भुक्तानी रन्जन निर्माण सेवाले लिइसकेको छ । वीरगन्जको नगवा र मुर्ली पोखरी अहिले अलपत्र परेको छ ।  पटकट पटक म्याद थप्दा पनि पोखरी सौन्दर्यकरणको काम अधुरै छ ।

प्रदेशको भौतिक पूर्वाधार कार्यालयका अनुसार निर्माण कम्पनीले १६ महिना अगाडि म्याद थपका लागि निवेदन दिएका थिए । कार्यालयले म्याद थप नगरिदिएपछि निर्माण कम्पनीले अदालतमा मुद्दा हालेका छन् ।

२०७५/७६ मै रन्जन निर्माण सेवाले छिपहरमाईको पोखरी पनि सौन्दर्यकरण गर्ने काम पाएको थियो । १० करोड ४४ लाख रुपैयाँको उक्त ठेक्काको २ करोड रुपैयाँ निकासा भइसकेको छ । तर, पोखरी अलपत्र छ । साभार : हमार वीरगन्ज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय